काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं, २१ असार ।
शनिबार दिउँसो काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुस गरिएको छ ।

अपरान्ह ४ बजेर १५ मिनेटमा भूकम्प गएको हो । भक्तपुरलाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभागले जनाएकाे छ । भूकम्पको केन्द्र, म्यागनेच्युड र क्षतिको विवरण आउन बाँकी छ ।

२०७२ सालमा गोरखाको बारपाक केन्द्र बनाएर शक्तिशाली भूकम्प गएपछि परकम्पहरु आइराखेका छन् ।