संदेशको संगीतमा आमा बजारमा

आमाको बच्चालाई जन्म दिनु मात्र कर्तव्य र दायित्व होइन ।
उसलाई असल बानी व्यवहरा प्रर्दान गरि समाजका लागि योग्दान दिन सक्ने बनाउनु पनि आमाकै जिम्मेवारी भित्र पर्छ ।

यसलाई निभाउन कुनै आमा पनि चुक्नु हुदैन । यति बेला नेपाली संगीत बजारमा निशा देसारको आवाज रहेको ‘आमा’ बोलको गित सार्वजनिक भएको छ । आफु काँडामा सुतेर आफ्ना सन्तानलाई फुलमा सुताउन चाहने, आफु मरेर सन्तानलाई बचाउन चाहने, आफु रोएर सन्तानलाई हँसाउन चाहने, आफु पछि हटेर सन्तान अघि बढोस् भन्ने निश्चल सोच र भावनाका साथ सधैँ प्रेरणादायी, निवास्र्थी, कोमल हृदयकी खानी, गंगामा बगीरहने पानी जस्तै मन भएकी मायाकी खानी हुन् आमा । भगवानकाे साक्षत रुप आमालाई यस म्युजिक भिडियाे मार्फत देखाउन खाेजिएकाे छ ।

यस गीतमा केशव राज राजभण्डारीको शब्द, संदेश श्रेष्टको संगीत रहेको छ भने गीतको संयोजन सुरेन्द्र श्रेष्टले गरेका हुन् ।

आमाको संघर्षको कथा व्यथालाई चित्रण गरिएको यस गीतलाई निर्देशन अहिलेका चर्चित युवा निर्देशक रायन कारकिले गरेका छन् ।

भिडियोमा रश्मी भट्ट, संज्ञा श्रेष्ठ, उपेन्द्र कार्की, सम्राट खड्का, रजिना कार्की, सुजिना कार्की र लाक्पा देखिएका छन्। मिलन शंकरको छायांकन रहेको गीतलाई विष्णु खड्काले सम्पादन गरेका हुन् ।