डडेल्धुरामा बस दुर्घटना : सातको मृत्यु, २० घाइते

डडेलधुरा, ११ वैशाख ।
डडेल्धुरामा बुधबार बिहान बस दुर्घटना भएको छ ।

धनगढीबाट बझाङ जाँदै गरेको ना ६ ख १८३१ नम्बरको बस सडकबाट दुई सय मिटर तल खस्दा सातजनाको मृत्यु भएको छ भने २० बढी घाइते भएका छन् ।

घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली पुगिसकेको र उद्धार कार्य सुरु भइसकेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । घाइतेहरुलाई उपचार गर्न उपक्षेत्रीय अस्पताल डडेल्धुरामा लगिएको छ ।