उपत्यकामा भूकम्पको धक्का महसुस

काठमाडौं, ११ वैशाख ।
काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । बुधबार करिब बिहान ६ः३० बजे काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको हो ।

भूकम्पको धक्का काठमाडौं उपत्यकासहित नुवाकोट, धादिङलगायतका क्षेत्रमा पनि महसुस भएको छ ।

भूकम्पमापन केन्द्रले भूकम्पको धक्का महसुस भएको जनाए पनि यसको मापन र केन्द्रबिन्दुबारे भने केही पनि बताएको छैन ।

२०७२ वैशाख १२ गोरखाको बारपाक केन्द्रविन्दु भएर भूकम्प गएको थियो । त्यसयता निरन्तर भूकम्पको धक्का महसुस भएको छ । आज गएको भूकम्प गोरखा भूकम्पको पराकम्पन हो या नयाँ भूकम्प भन्नेबारे पनि केही खुलेको छैन ।