सुनचाँदीको मूल्य बढ्यो, कति

काठमाडौं, ९ बैशाख ।
गएको केहीँ दिन ओरालो लाग्दै गरेको सुनचाँदीको मूल्य आज साताको दोश्रो दिन बढेको छ । आइतबार ५९ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको सुन आज प्रति तोला पाँच सय रुपैयाँले बढेर आज सुन प्रति तोला ५९ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । यस्तै आज छापावाला सुन प्रति १० ग्रामको मूल्य ५१ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी, आज चाँदीको मूल्यमा पनि प्रति तोला पाँच रुपैयाँले बढेको छ । योसँगै आज चाँदी प्रति तोला सात सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।