प्रधानमन्त्रीद्वारा देशबासीलाई सम्बोधन

काठमाडौं, १ वैशाख ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको अवसरमा देशबासीको नाममा सम्बोधन गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारबाट ओलीले सम्बोधनका क्रममा सरकारका उपलब्धीको चर्चा गरे ।

प्रधानमन्त्री रोजगार कार्यक्रम, नेपालको पानी, जनताको लगानी, खोलौं बैंक खाता अभियानको सुरुआतलाई उनले उपलब्धीको रुपमा व्याख्या गरेका छन् ।