चट्याङ पर्दा नगर्नुहोस यस्ता काम

काठमाडौं, २६ चैत ।
आजकल दिनहुँ जसो चट्याङ् लागेर मानिसको मृत्यु भएको खबर सुन्नमा आउँछ । हावा हुरी चल्दा, पानी पर्दा प्राय चट्याङ् पर्ने गर्दछ । चट्याङबाट मानिस मात्रै नभएर घरपालुवा जनावरहरुको पनि ज्यान पनि गएको छ । तर यसरी चट्याङ परेको बेलामा केही सतर्कता र सुरक्षा अपनाउन सकिएमा कम क्षती हुने बताइएको छ । चट्याङ पर्दा कसरी सावधानी अपनाउने यसका विषयमा तपाईलाई जानकारी दिँदैछौँ ।

चट्याङ पर्दा घरभित्र र घर बाहिर अनि चट्याङ परी सकेपछि पनि सुरक्षा सर्तकता अपनाउनु पर्छ । चट्याङ्का बेला अग्लो स्थानमा नजाने, जंगलमा भए एउटामात्र रुख भएको स्थानमुनि ओत लाग्नु पर्छ । माछा मार्ने, पौडी खेल्ने डुंगा चढ्ने गर्नु हुँदैन ।

यस्तै चट्याङ् परेको बेला घरभित्र पनि सुरक्षा सर्तकता अपनाउनु पर्छ । विद्युतिय उपकरण प्रयोग नगर्ने, झ्याल ढोका खुला नछोड्ने, भित्तामा टाँसिएर नबस्ने, सिधै धारामा ननुहाउने, भाँडा माझ्नेजस्ता कार्य गर्नु हुँदैन ।