सपुतको पुनः ब्याटल–२ बजारमा

काठमाडौं, २३ चैत ।
पछिल्ल्लो चरणमा चर्चित गायक तथा मोडेलका रुपमा  लोकप्रिय बनेका प्रकाश सपुतको पुनः ब्याटल–२ बजारमा आएको छ ।

प्रकाश सपुतको स्वर, शव्द तथा लय÷गायीका प्रिती आलेको संयुक्त आवाजमा रहेको ब्याटल–२ छोटो समयमै लोक प्रिय बनेको छ ।
गीतमा श्रीमान श्रीमतीबीचको सम्बन्धलाई चित्रण गर्दै सुरुवातिमा डिभर्सको तयारी गरेका जोडी गीतको अन्त्यमा पुनः मिलन भएकाे देखाइएको छ । यसले व्यवहारीक पक्षलाई बलियो बनाउनुपर्छ भन्ने सन्देश दिएको छ ।

श्रीमान श्रीमतीबीचमा कुनै विषयमा मन मुटाव भएपनि त्यसलाई एक आपसमा बसेर समाधानको बाटो खोज्नुपर्छ भन्ने गीतको अन्त्यमा प्रस्तुत गरिएको छ ।