सिरुपाते खुकुरी सुबेदीले गरे सार्बजनिक

काठमाडौ, २९ माघ । कि–रिस पौडेल
“मौलिक पननै नेपालीको पहिचान र परिचय हो” भन्दै गायक तथा सर्जक सुवेदीले सिरुपाते खुकुरी गित सार्वजनिक गरेका छन ।

बिभित गित संगीतमा आवाज दिइसकेका गायक कृष्ण समिप सुवेदीले आफ्नै यु–टुब मार्फत गित सार्वजनिक गर्दै पूर्व र पश्चिमको आफ्नै पहिचान रहको, यस गितमा गायक कृष्ण समिप सुवेदी र गायिका मनिसा पोखरेलले आवाज रहेको यो गितमा, भोजपुरे नबोदित कलाकार एन.के. खत्री र सुवेदीले संगीत समेत दिएका हुन ।

कलिलै उमेरबाटै पाङको फाटैमा बोलको गितबाट संगितको यात्रा सुरु गरेका सुवेदीले गाउँबाट शहर पसियो, कोरियाको चक्कर, माझी दाईको जिन्दगी, सिर सिर बतास, कति राम्रो विहानीको घाम, मनको तिर्खा मेट्न, पोखरा जाने घुम्ती, जोडी ढिकुर, डाली घाँस नियाली, मेरो कल्पनामा, सुन्तलाको बोटैमा, म त रनभुल्ल परे, तरकारी काउली लगायतका सयौ गित सँगितमा काम गरि सकेका सर्जकले यस पटक भने विल्कुलै छुट्टै परिबेशको पूर्व र पश्चिमलाई एक बनाउने उद्देश्य बोकेको गितलाई सुवेदीले यु–टुब च्यानलबाट सार्वजनिक गरेको नेपालीको अनलाईनलाई जानकारी गराएका हुन ।

उनि भन्छन् “धेरै गितहरु बजारमा आए तर आफ्नो च्यानलबाट यो पहिलो पटक गित सार्वजनिक गरेको हु, दर्शकको चाहना अनुरुप थप गितहरु पनि यसै च्यानलबाट सार्वजनिक गर्ने छु,” अव दर्शकको मायाकै निमित्त अझ धेरै राम्रा लोक, आधुनिक, पप लगायतका गित सँगित समेत समाबेश गर्नेछु ।

बिगत एक दशक भन्दा बढि गित सँगितमा लागेका उनि शात्रिय सँगित समेत सिकेका गायक हुन् ।