ल्होछारमा सार्वजनिक बिदा

काठमाडौं, २० माघ ।
प्रदेश २ सरकारले सोनाम ल्होछारका दिन माघ २२ गते सार्वजनिक बिदा दिन भएको छ ।
मुख्यमन्त्री लालबाबु राउतले शनिबार ठोरी गाउँपालिकास्थित सुवर्णपुर बाघमोर्चामा आयोजित कार्यक्रममा प्रदेश २ मा बिदा दिने घोषणा गर्नुभएको हो ।

प्रदेश २ मा एक लाख १५ हजार तामाङ जातिको बसोबास रहेको उल्लेख गर्दै उहाँले संघिय सरकारले बिदा कटौती गरेपनि प्रदेश सरकारले बिदा दिने बताउनुभएको हो ।

कार्यक्रममा ठोरीको विकाश आफ्नो प्राथमिकतामा रहेको मुख्यमन्त्रीको भनाई थियो । अाजकाे अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।