पेट्रोलियम पदार्थको मूल्य बढ्यो, हेर्नुस कुनको मूल्य कति पुग्यो

काठमाडौ, २० माघ ।
सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले शनिबार राति १२ बजेबाट लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाउने निर्णय गरेको हो ।

शुक्रबार बसेको आयल निगम सञ्चालक समितिको बैठकले मूल्य बढाउने निर्णय गरेको हो ।

नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर एक सय १० रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ पुगेको छ । स्वचालित मूल्य प्रणाली अनुसार निगमले मूल्य बढाएको दाबी गरेको छ ।