लक्ष्मणले साईकल चलाएर गिनीज बुकमा नाम लेखाउन सफल

काठमाडाै, २६ कार्तिक ।
साईकल चलाएर guinness book of world records मा नाम लेखाउन लक्ष्मण पौडेलको टीम सफल भएको छ ।

कुश्मा २ खुर्कोटका लक्ष्मण पौडेलले ‘गिनीज बुक अफ वल्र्ड रेकर्डस’ मा नाम लेखाउन सफल भएका छन् । पौडेलले वैदेशिक रोजगारीका क्रममा दुबहीमा हुँदा ७ दिनसम्म लगातार साइकल चलाएर गिनीज बुकमा नाम राखेका हुन् ।

दुबहीको ‘फ्ल्याग डे’ को अवसरमा सेक्युरिटी इन्डस्ट्री रेगुलेटरी एजेन्सीले आयोजना गरेको साइकल चलाउने प्रतिस्पर्धामा पौडेललाई अन्य ६ जनाले साथ दिएका थिए ।

पौडेलको टोलीले साइकल चलाएर १ हजार ९ सय ७१ किलोमिटरको दूरी १ सय ५३ घण्टा २३ मिनेटमा पार गर्न सफल भएको थियो । पौडेललाई दुबही सिराका कार्यकारी निर्देशक एचइ खलिफाले गिनिज बुक अफ वल्र्ड रेकर्डस’ को प्रमाणपत्र प्रदान गरेका छन् ।

३ वर्ष अघिदेखि पौडेल अर्कान सेक्युरिटीज कम्पनीमा कार्यरत छन् ।