निर्मला पन्तहरू र शक्तिशाली सरकार

कंचनपुर कि १३ बर्षिय बालिका निर्मला पन्तकाे बलात्कार पछि हत्या भएको पनि झण्डै ३ महिना पूरा हुन लागि सक्यो ।देशमा शक्तिशाली बामपंथी सरकार कुर्सीमा बिराजमान छ ।३ महिना बित्दा समेत एकजना बलात्कार गर्ने मान्छे खाेजेर कार्वाही गर्ने हैसियत नराख्ने भए पछि इतिहासमै शक्तिशाली सरकार भन्ने कुरा नमच्चिने पिङकाे सय झत्का भन्ने नेपाली उखान अहिले ठ्याक्कै मेल खान्छ ।

काम कुरा एकतातिर कुम्लो बाेकी ठिमी तिर भने झै नेपालीको इतिहासमै शक्तिशाली सरकार त्यो पनि चानचुने हैन पुरै दुई तिहाइकाे । यस्तो सरकार भएको बेलामा नेपाली जनताले सामान्य न्याय पाउन सक्दैन भने अनि कसरी यसलाई शक्तिशाली सरकार हाे भनेर बिश्वास गर्ने ।एकजना बालिका दिउँसै हराउँछ खाेजबिन गरिदिन प्रहरी समक्ष अनुरोध गर्दा केही सुनुवाइ हुदैन भाेलि पल्ट बालिका बलात्कार पछि हत्या भएको अबस्थामा भेटिन्छ ।प्रहरी प्रशासनले घटनाको सत्य तथ्य बाहिर ल्याउनु पर्नेमा उल्टै भएको प्रमाण नष्ट गर्ने काम गर्छ ।देशमा दिनहुँ दर्जनौं निर्मलाहरू बलात्कार हुन्छन् सरकार मात्रै सरकारकाे रूपमा देखिन्छ ।

लेखक : राजेश चन्द्र राजभण्डारी

अहिलेसम्म अाफुलाइ सरकार हाे भनेर भन्ने एउटा पनि काम सरकारले गरेर नेपाली जनतालाई देखाउन सकेको छैन ।
अहिले एकजना बलात्कारी जाेगाउन प्रहरी प्रशासन पुरै शक्तिका साथ लागेको छ ।यतिबेला निर्मला पन्तको हत्याकाण्ड नेपालकाे दरबार हत्याकाण्ड भन्दा पनि रहस्यमय बन्दै जान थालेको छ ।

निर्मला पन्तको हत्याकाण्ड राम्रोसँग छानबिन हुन नसक्नुको कारण के हाे यसबारे सरकार माैन छ । निर्मला पन्त बम दिदीबहिनीकाे घरमा जान्छु भनेर गएको त्यसकाे भाेलिपल्ट बलात्कार पछि मृत फेला परेपछि सबैभन्दा पहिले अनुसन्धान अनिता बम र बबिता बम संग गर्नुपर्नेमा त्यो नगरीकन अनेक खालको नाटक मंचन गरेर एकजना मानसिक सन्तुलन बिग्रेकाे मान्छेलाई बलात्कारी र हत्यारा भनेर सार्वजनिक गर्नु प्रहरीको खेल छताछुल्ल भएको भएको छ ।

छानबिन समिति बनाउने काम भयो मात्रै त्यसले पनि मात्रै कर्मकाण्डे काम भन्दा अर्को केही गर्न सकेन ।छानबिन समितिका सदस्य बीरेन्द्र केसीले छानबिन प्रतिबेदन भने जस्तो नअाउने भनेर जुन कुरा भनेका थिए हुन पनि त्यहीँ नै भयो ।

अहिले गृहले कंचनपुरका निलम्बित एसपी डिल्लीराज बिष्टलाई बर्खास्त गर्ने कुरा बाहिर ल्याएको छ यसलाई सकारात्मक कदम मान्न सकिन्छ ।तर निर्मला पन्तको बलात्कार गर्ने दाेषी काे हाे किन एसपी लगायतका प्रहरी शक्ति त्यसकाे लागि बलिकाे बाेका बन्न तयार भए अहिलेकाे प्रमुख कुरा यो हाे । देशमा बलात्कार गर्ने हत्या गर्ने मान्छेलाई पक्राउ गरेर कार्वाही गर्ने हैसियत राख्न नसक्ने सरकार नेपाली जनतालाई किन चाहियो ? अहिले एकजना बलात्कारी सरकार भन्दा शक्तिशाली रहेछ भन्ने कुरा प्रमाणित भएकाे छ ।

देशको प्रधानमन्त्री केपी शर्मा अाेलीले निर्मला पन्तको बलात्कार पछि हत्या भएको बिषयमा बिबादास्पद बम दिदीबहिनी लाई पुरै बाेकेर जनता संग सिधा कुरामा जवाफ दिनु भए पछि धेरैले यसलाई नकारात्मक रूपमा टिप्पणी गरेकाछन् ।देशको प्रधानमन्त्रीले राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा समेत स्थापित भइसकेको निर्मला हत्याकाण्ड बारे जुन अभिब्यक्ति दिनुभयो त्यो कसैलाई पनि चित्तबुझ्दो छैन । जब प्रधानमन्त्रीले बम दिदीबहिनी लाई बाेकेर मिडिया बाट बाेलेपछि कसले छुने कसले बयान लिने हैसियत राख्छ कुरा स्पष्ट छ ।

साच्चै निर्मलाकाे हत्याकाण्ड लाई सार्वजनिक गर्ने हाे भने सरकार धरापमा पर्न सक्ने देखियो ।जसरी हुन्छ अालताल गर्ने हलहल गरेर दिन बिताउने अनि अान्दोलन लाई मनर्थर पार्ने भन्दा अर्को केही देखिदैन ।

हाे हिजो दासढुंगा हत्याकाण्डमा नेकपा एमालेका महासचिव मदन कुमार भण्डारी र जीवराज अाश्रितकाे मृत्युु हुदा प्रमुख घटना संग सराेकार राख्ने ड्राइभर अमर लामा लाई सामान्य दाेषि नदेख्नु परिवारकाे सदस्य भएको भनेर बखान गरेकाे कुरा यतिबेला एकपटक फेरि स्मरणमा अाएकाे छ ।साच्चै घटना जहाँ जसको कारणले भएको छ त्यसलाई कुनै पनि हिसाबले हेर्न नचाहनु अनि मात्रै नाटक मंचन गर्न किन सरकारी ढुकुटी सकेर हिड्नु पर्ने नेपाली जनताको प्रश्न हाे यो ।

हिजो जसरी मदनकुमार भण्डारी र जीवराज अाश्रितकाे हत्याकाण्ड बारे केही कुरा अाउन नसकि त्यसै गुपचुप भयो अहिले निर्मला पन्तको हत्याकाण्ड पनि सानोतिनो चाेटले हत्यारा बाहिर अाउने कार्वाही हुने छातकाट छैन ।हिजो ३३ केजी सुन काण्डमा प्रमुख योजनाकार चुडामणि उप्रेती गाेरे हाे भनेर प्रचारप्रसार गरियो पछि गाेरे फेला परे तर अहिले एकपछि अर्को सुन काण्डमा काम गर्ने मतियारहरू रिहाइ हुदै गइरहेका छन् ।अहिले नेपाली जनताले बर्तमान सरकारले केही परिवर्तनको काम गर्छ देशमा सुधार हुन्छ भनेर बिश्वास गर्न छाेडिसक्याे ।

हाे निर्मला प्रकरण पनि त्यसैको नयाँ श्रृङखला मात्रै हाे अहिले दुई तिहाइकाे सरकार मात्रै नाममात्रको हाे यसको कुनै हैसियत छैन भन्ने कुरा ७ महिनाको काम गतिविधि बाट स्पष्ट भइसकेको छ । ५ महिना भित्र १३०० भन्दा बढी बलात्कार हुनुलाई यो सरकारकाे सफलता मान्नुपर्छ ।एकपटक संसदमा माननीय सांसद शशी श्रेष्ठले अहिले बामपंथी सरकारलाई असफल बनाउन याेजनाबद्द रूपमा गाउँ गाउँमा बलात्कारको घटना घटाइएको भन्ने जुन अभिब्यक्ती दिएका थिए अहिलेसम्म त्यो कुरा भने पुष्टि हुन सकेको छैन ।अहिलेसम्म बलात्कार गर्ने अपराधीले मैले राष्ट्रबादी बामपंथी सरकार असफल बनाउन बलात्कार गरेको हाे भनेर बयान दिएका छैनन् ।

ताइनतुइका कुरा गरेर सरकारकाे समर्थन गर्नुको केही अर्थ छैन । देशमा प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेस कहाँ छ कुन कुनामा बसेकाे छ भन्ने कुरा कसैलाई थाहा छैन ।मानिलिउ देश प्रतिपक्ष बिहिन छ भन्दापनि फरक पर्दैन । अहिले दिनहुँ निर्मलाहरू बलात्कारको शिकार बनिरहेका छन् प्रहरी प्रशासन घटनाको जानकारी लिने अनि जिल्लामा यति संख्या पुग्यो भनेर जाहेर गर्ने निकाय भएको छ ।

राजनीतिमा अपराधीकरण र अपराधमा राजनीतिकरण भएको कारणले मनपरि बढेको हाे ।  साच्चै सरकारले निर्मला पन्तको हत्यारा पक्राउ नगर्ने मात्रै नाटक मंचन गरि नयाँ नयाँ समिति गठन गरेर दुनियाँकाे अगाडि छाराे हाल्ने काम भन्दा अर्को थाेक केही गर्न सकेको छैन ।

इतिहासमै सबैभन्दा शक्तिशाली सरकार हाे भनेर दावी गर्ने हाे भने पहिला निर्मला पन्तलाई बलात्कार गरि हत्या गर्ने अपराधीलाई पक्राउ गरेर देखाउन सक्यो भने ३३ केजी सुन काण्डका प्रमुख नाइके पक्राउ गरेर देखाउन सके यातायातको सेण्डिकेट खारेज गरेर देखाउन सके ठेकेदारकाे दादागिरी अन्त्य गर्ने सके मात्रै साच्चै हाे यो कठपुतली सरकार हैन भन्ने कुरा नेपाली जनताले बिश्वास गर्ने छन् ।