बहिरालाइ समेत काममा लगाउन ब्यबसायी

बागलुङ, १३ असाेज ।
जिल्लामा फरक क्षमता भएका बहिरा ब्यक्तिहरूलाइ कसरी ब्यबसायीक काममा लगाउने भन्ने बारे
बागलुङ उद्योग बाणिज्य संघले जिल्लामा सराेकारवाला निकाय बिच बागलुङ उद्योग बाणिज्य संघमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

बागलुङ सदरमुकाममा हाल ४० जना विभिन्न ब्यबसायीक तालिम लिएका बहिरा ब्यक्तिहरूलाई राेजगारमा लगाउने काममा लगाउदा हुन सक्ने समस्या समाधान कसरी गर्न सकिन्छ भन्ने बारे अाफ्नाे धारणा राखेका थिए ।

जिल्लामा अहिले पाेके झाेले ब्यापारीले बागलुङमा समस्या अाएकाे अहिले ब्यापार ब्यबसाय गरेर खानेलाई धेरै गार्‍हो भएको हुदा यसलाई नियन्त्रण गर्नुपर्ने धारणा अन्तरक्रिया कार्यक्रममा ब्यबसायीहरूले राखेका थिए ।

प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेल जिल्ला प्रहरी कार्यालय का प्रहरी प्रमुख दिपक रेग्मी बागलुङ नगरपालिकाका उप मेयर सुरेन्द्र खड्का बागलुङ बहिरा संघका अध्यक्ष सन्ताेष पाैडेल कर कार्यालयका प्रमुख सुर्य लामिछाने बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष जयराम भारी हाेटल ब्यबसायी संघका अध्यक्ष निलेश राजभण्डारी फेन्सि ब्यबसायी समितिका अध्यक्ष भाेजराज रेग्मी मिष्ठान ब्यबसायी संघका अध्यक्ष टिकाराम सापकोटा लगायतका बक्ताहरूले अहिले भएको समस्या लाई समाधान गर्ने तर्फ सबैकाे भुमिका प्रभावकारी हुन जरुरी रहेको धारणा राखेका थिए । बागलुङ बजार लाई सुरक्षित नगर बनाउन बागलुङ उद्योग बाणिज्य संघ बागलुङ नगरपालिका र जिल्ला प्रहरी कार्यालय बिच समन्वय गरेर सिसि टिभी जडान गर्ने कार्यलाई थप प्रभावकारी बनाउन सके शान्ति सुरक्षामा बल पुग्ने सराेकारवालाले सुझाव राखेका थिए ।

कार्यक्रमकाे अध्यक्षता बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष जयराम भारी संचालन महासचिव दयाराम पाैडेलले गरेका थिए ।