धमिलो राजनीतिमा पुर्व राजाको माछा मार्ने दाउ

कसलाई के काे धन्दा घर ज्वाइ लाई खाने कै धन्दा भने झै देशमा सबैले संविधान दिवस मनाउँदै गर्दा पुर्ब राजा ज्ञानेन्द्र शाहले थाइल्यान्ड भ्रमण बाटै अाफु पुन नेपालकाे राजा हुने बताएका छन् ।

देशमा गणतन्त्र अाएकाे पनि १० बर्ष बितिसक्यो २४० बर्ष पुरानो राजतन्त्रको भयो । संसदबाट गणतन्त्र घाेषणा गरि सजिलोसँग राजालाई बिदाइ गरियो । जनताको छाेरा र छाेरी राष्ट्रपति बनेर देश अगाडि बढीरहेको बेला पुर्ब राजाको पुन राजा बन्ने अभिब्यक्तीलाइ चानचुने कुरा मान्नु मुर्खता हुनेछ । हामीले संबिधान सभा बाट नेपाली जनताको भावना र चाहना बमोजिम नयाँ संबिधान २०७२ जारी भएपछि एकथरीले यसको समर्थन र तराई मुलका केही राजनीति पार्टी जनजाति संघसंस्थाले यसको बिराेध गर्दै अाएका छन् ।

पुर्ब राजा ज्ञानेन्द्र शाहले अहिले अाफ्नाे पक्षमा जनमत सृजना गर्न अहिले थाइल्यान्डको भ्रमणमा छन् । कहिले धार्मिक भ्रमण कहिले ब्यक्तिगत भ्रमण गर्दै अाएका पुर्ब राजाले नेपालमा इतिहासमै शक्तिशाली बामपंथी सरकारले तेस्रो संबिधान दिवस मनाउदै गर्दा दिएको अभिब्यक्तिले साच्चिकै अहिले राजनीति बजारमा नयाँ तरङ्ग ल्याइदिएको छ ।

लेखक : राजेश चन्द्र राजभण्डारी

भारतीय जनता पार्टी संग राम्रो सम्बन्ध भएका पुर्ब राजा लाई भारतकाे नयाँ अाम चुनाव पछि हिन्दुराज्य र राजतन्त्र फर्कने बिश्वास छ ।

उनले भारतको लोकसभाको निर्वाचनपछि नेपालमा राजसंस्था र हिन्दुराष्ट्र पूर्नस्थापना हुने दाबी गरेका हुन् । यद्धपी उनले आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भने अहिलेसम्म कुरकानी नभएको स्पष्ट पारेका थिए । नेपालमा बनेको संविधान प्रति असहमति जनाउँदै नेपालमा भारतले अार्थिक नाकाबन्दी समेत गरेकोे थियो । भारतीय शासकले नेपालमा नयाँ संबिधान जारी हुन नदिनकाे लागि ठूलो कसरत गरेको थियो भन्ने कुरा अहिले छताछुल्ल रूपमा बाहिर अाएकाे छ ।

नेपालकाे संबिधान बाट हिन्दु धर्म हटाएर धर्म निरपेक्ष घाेषणा गरेको कुरा भारतीय शासकलाई मन परेको थिएन । नेपाल संविधान जारी भए पछि केपी शर्मा अाेलि प्रधानमन्त्री भए भारतीय नाकाबन्दी काे बिराेध गर्दै अाेलिले देशको पक्षमा अडान लिए त्यो कुरा समेत छिमेकी भारत लाई मन परेको थिएन ।

अहिले फेरि देशमा बामपंथी सरकार छ छिमेकी भारतलाई मन नपरेका ब्यक्ति केपी अाेली फेरि प्रधानमन्त्री भएका छन् । देशमा तेस्रो संबिधान दिबस मनाइ रहदा एकातिर तराई मुलुका पार्टीहरूले संविधान लाई कालाे संबिधान भनेर बिराेध गरिरहेकाे छ ।सिके रावतले तराई लाई छुट्टै राज्य बनाउने भनेर अान्दोलन गरिरहेकाे छ । सरकारले अहिले भएको समस्या लाई बार्ता मार्फत छलफल गरि संविधान संशोधन गर्न सकिने कुरा बताइरहेकाे समयमा पु्ब राजा ज्ञानेन्द्र ले अाफ्नाे पुरानो गुमेको शक्ति र सक्ता फर्काउन न्वारान देखिकाे बल लगाएको देखिन्छ ।

अहिले देशमा दिन हत्या बलात्कार महंगीले अाकाश छाेएकाे छ कंचनपुरकि १३ बर्षिय बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको पनि दुई महिना बितिसक्दा समेत अहिलेसम्म समाधान २० काे १९ हुन सकेको छैन ।नेपाली जनताले अहिलेसम्म केही राहत पाएका छैनन् दिन प्रतिदिन महंगीले अाकाश छाेएकाे छ गाउँ गाउँमा सिंहदरबार भन्ने कुरा मात्रै नारामा सिमित भएको छ ।

जनताले सिन्डिकेट काे बिराेध गरेका थिए सरकारले देशबाट सेन्डिकेट हटेको कुरा गरेपनि त्यो कुरा कुरा मै सिमित रह्यो । ठेकेदार काे दादागिरी हटाउने कुरा गरेपनि अाखिर सरकार ठेकेदार संगै घुडा टेक्याे अहिले सरकारकाे राष्ट्रवाद छताछुल्ल भएको माैका छाेपेर पुर्व राजाले अाफ्नाे गतिविधि अगाडि बढाएकाे छन् ।

साच्चै भन्ने हाे भने नेपाल बाट हिन्दू राज्य हटाएकोमा कसैलाई पनि चित्त बुझेको छैन ।बिदेशीकाे इसारामा रातारात नेपाल लाई धर्म निरपेक्ष राष्ट्र बनाउनु सरासर गलत कार्य हाे ।नेपालकाे संविधान २०७२ मा धर्म निरपेक्षकाे ब्याख्या गजब संग गरेको छ धर्म निरपेक्ष भन्नाले सनातन देखि चल्दै अाएकाे धर्म संस्कृतिको संरक्षण लगायत धार्मिक सांस्कृतिक स्वतन्त्रता संझनु पर्छ भनेर लेखिएको छ । अहिले देशमा सरकार छ कि छैन भन्ने अनुभुति जनतालाई छैन मात्रै नाममात्रको शक्तिशाली सरकार छ भन्दा केही फरक पर्दैन । समाजवादमा जाने भन्ने कुरा मात्रै काेरा सपना भन्दा केही पनि हैन भन्ने कुरामा नेपाली जनता बिश्वास छैन ।

अहिले पुर्व राजा पुन शक्तिमा अाए पनि नेपाली जनतालाई कुनै अापत्ति हुने देखिदैन ।प्रधानमन्त्री केपी अाेलीले सरकार काे बिराेधमा उत्रनेलाई अरिङगाल भएर जाइ लाग्नु भने पनि अहिले काेही पनि त्यो निर्देशन मान्ने पक्षमा छैनन् । अहिले संघियताकाे नाममा कर अातंक मच्चाउने काम भएको छ नेपाली जनतालाई केन्द्रीय कर प्रदेश कर स्थानीय कर लगाएर ढाड भाँच्नै काम गरेपछि नेपाली जनताको यतिबेला संघियता घाडाे साबित भएको छ ।

अहिले देश भित्र देश बाहिर सबै ठाउँमा सरकारले गरेकाे कमिकजाेरीकाे कारण सबैले अाअाफ्नाे खेल खेलिरहेका छन् ।
अहिले राजनीति धमिलो भएको बेला पुर्व राजा ज्ञानेन्द्रले धमिलो पानीमा माछा मार्न खाेज्नु अस्वभाविक हैन अहिले हामी अाफैले त्यो बाताबरण बनाउने काम गरिरहेका छाै भन्ने कुरा देशका शासक बर्गले बुझ्न जरुरी छ ।