नेपाल बन्दकाे प्रभाब बागलुङ जिल्लामा

बागलुङ, २ असाेज । राजेशचन्द्र राजभण्डारी
माओवादी पूर्व जनमुक्ति सेना पार्टी नेपालले असोज २ गते गरेको नेपाल बन्द बागलुङ जिल्लामा पनि प्रभाव परेको छ ।

बागलुङ बजार बन्द रहेको छ शैक्षिक संस्था समेत बन्द रहेको छ ।बागलुङ सदरमुकाममा बाट चल्ने छाेटाे दुरी र लामो दुरीका कुनै पनि यातायात चलेका छैनन् ।यातायात संचालन नहुदा यात्रुहरू मर्कामा परेका छन् ।

बन्द गराउन कुनै पनि बन्द कर्ता बागलुङ बजारमा नदेखिएपछि छिटफुट रूपमा केही पसल खुलेका छन् धेरै जस्तो पसलहरू बन्द रहेको छ ।

बन्द बाट अप्रिय घटना हुन सक्ने भनेर जिल्ला प्रहरी कार्यालय बागलुङले शान्ति सुरक्षाको राम्रो प्रबन्ध मिलाएको जनाएको छ ।

निर्मला पन्तका हत्यारालाई कानुनी कठघरामा उभ्याउनुको साटो राज्य आफै दोषीलाई लुकाउनमा लागेको भन्दै त्यसकोविरोधमा नेपाल बन्द आवहान गरिएको कारणले पनि निर्मला पन्तको हत्यारालाई कार्वाही गर्न दवाब पुगाेस भनेर पनि बन्द लाई समर्थन गरेको देखिन्छ ।