छाता अाेढ्न पनि खेतालाकाे भर

साच्चै संसारमा सबैभन्दा बढी भाग्यमानी काे हुन भनेर कसैले प्रश्न शाेधी हाल्यो भने त्यो हाे नेपाली भन्ने जवाफ अाउछ ।हाे यतिबेला नेपालका मन्त्री देखि प्रधानमन्त्री सम्म सबै भाग्यमानी छन् चाहे शहर बजार हाेस् कि दुरदराज गाउँमै किन हिड्न नपराेस झाेला बाेक्ने देखि छाता अाेढाउने सम्म सहजै पाउने भए पछि ।

लेखक : राजेश चन्द्र राजभण्डारी

हिजो एकजाेर चप्पल समेत चन्दा उठाएर लाउने नेताहरू अाज एकाएक सरकारमा पुगेपछि उनिहरूकाे जीवन शैलीमा ठूलो परिवर्तन अाएकाे छ ।अहिले हाम्रो देशका मन्त्रीहरूलाई भ्याइनभ्याई छ गाउँ देखि शहरसम्म सयौं निम्तो छ सभा सम्मेलन देखि गाउँघरका क्लबकाे बार्षिक उत्सवकाे उद्घाटन गर्न पुग्नुपर्ने भए पछि सधैं सधैं हतार छ ।अनि घाम लागेपनि छाता चाहियो अनि पानी परेपछि त छाता नभइ भएन मन्त्री प्रधानमन्त्री भए पछि अाफै छाता अाेढ्नपनि सुहाउँदो भएन छाता अाेढाइदिने एकजना सेवक चाहियो अहिले देखिएको कुरा यहीँ हाे ।

अहिले इतिहासमै शक्तिशाली सरकार बनेको छ नेपाली जनताले राहत पाउने कुरा धेरै टाढाको कुरा भयो ।सरकार अल्पमत काे हैन पुरै दुई तिहाई काे छ कसैले नत यसलाई छुन सक्छ नत हल्लाउन नै सक्छ ।यस्तो शक्तिशाली सरकारका मन्त्रीले छाता अाफै अाेढेर हिड्न पनि कहाँ सुहाउने कुरा भयो र हैन ?

नत हाम्रो देश अमेरिका हाे नत चीन नै हाे त्यहाँ राष्ट्रपति सिजि फिङ जसले अाफ्नाे छाता बाेक्ने सहयोगी पाएकाे देखिदैन ।हुनत धेरैले चीनको अालाेचना गर्छन् चीन बिश्व कै शक्तिशाली राष्ट्रमा पर्छ ।त्यहाँका राष्ट्रपति सिजिपिङले भन्छन् जसले ब्यक्तिगत सम्पत्ति राख्छ त्यो कम्युनिस्ट हुन सक्दैनन् भन्नु हुन्छ तर नेपालमा अाफुलाइ कम्युनिस्ट पार्टीको सिपाही हुँ भनेर दाबी गर्ने हाम्रो देशका मन्त्री तथा नेताहरूकाे सम्पत्तिको नत हिसाब छ नत किताब नै छ ।बैंक ब्यालेन्स मात्रै करोडौं भेटिन्छ कुरामात्र कम्युनिस्टको व्यवहार भने कमाउनिष्टकाे भएको दिनको घाम झै छर्लङ्ग छ ।

कुरा समाजवादी व्यवहार भने पुजीवादी भए पछि कहाँ बाहिर घुम्दा कार्यक्रममा जादा कहाँ छाता अाेढेर हिड्न सुहाउँछ त सहयोगी त चाहियो नै ।हिजाेअस्ती सम्म जनताको घर अाँगनमा पुगेर नेपाली जनताको लागि काम गर्ने जिल्लाकाे बिकास गर्ने कसम खाएका नेताहरू चुनाव जितेपछि रातारात परिवर्तन भएका छन् ।अहिले सिंहदरबारको अधिकार गाउँ गाउँमा अाएकाे भनेर जतिसुकै प्रचारप्रसारमा लागेपनि नेपाली जनतालाई कागलाइ बेल पाक्याे हर्ष न बिस्मात भन्दा अर्को थाेक केही हुन सकेको छैन ।

सबैभन्दा बढी गणतन्त्र यदि कसैलाई अाएकाे छ भने यतिबेला हाम्रो देशका मन्त्रीलाई अाएकाे छ ।अहिलेसम्मकै शक्तिशाली सरकारलाई छुने हिम्मत कसको छ यहाँ ।यस्तो बेला सुरक्षा गार्ड लाई झाेला सहयोगी लाई छाता समाउन लगाउनु के ठुलो कुरा भयो र हैन त ।

साच्चै समाजवादमा जाने हाे भनेर नेपाल कै संबिधानमा स्पष्ट संग लेखिएको छ हाम्रो अाचरण व्यवहार भने ठिक बिपरित छ ।
साच्चै गफ कै भरमा समाजवादी बन्न सकिन्छ भने किन काम गरेर देखाउनु पर्या हैन त ।हिजो सम्म एक छाक कसले खुवाउला भनेर भन्नुपर्ने अबस्थामा रहेका हाम्रो नेताहरू अहिले प्रदेशमा मन्त्री केन्द्रमा मन्त्री भए पछि यहीँ बेला हाे अकुत सम्पत्ति कमाउने बेला भनेर त्यसैको पछाडि डाैडीरहेका छन् ।

अहिले इतिहासमै शक्तिशाली सरकारले अाफ्नाे कार्यकालको ६ महिनाकाे अबधिमा न हाँसकाे चाल नत बकुल्लाकाे गतिमा हिडिरहेकाे देखिन्छ । जतिसुकै अराजकता छ हत्या अातंक बलात्कार झन भन्दा झन बढेर गइरहेको छ अहिलेसम्म यसलाई हटाउने कुरा सात समुन्द्र पारीकाे कुरा भयो सामान्य रूपमा न्युनि करण गर्न पनि सकेको छैन ।

अहिले कंचनपुर कि १३ बर्षिय बालिका निर्मला पन्तकाे बलात्कार पछि हत्या भएको झन्डै दुई महिना हुन लाग्दा समेत प्रहरी प्रशासनले घटनाको अपराधीलाई समातेर कार्वाही गर्ने त कहाँ हाे कहाँ झन अपराधीलाई जाेगाउने अभियानमा लाग्छ घटनाको ढाकछोप गर्छ बिना सराेकारकाे मान्छेलाई ल्याएर हत्याकाण्डकाे दाेषी हाे भनेर भन्छ ।साच्चै सरकार कसको इसारामा चल्छ भन्ने कुरा यहाँ भनी राख्न पर्दैन हाेला ।अहिले पनि देशमा सरकार अपराधी डन गुन्डागर्दी ठेकेदारले नै चलाउछ भन्ने कुरा स्पष्ट छ ।हाे अहिले जसरी हाम्रो मन्त्री लाई छाता अाेढाएर जुन किसिमको भुमिका निभाउने काम गरिरहेका छन् ।यिनैले अहिले सरकारलाई गुमराहमा पारेर ठिक ढंगले काम गर्न दिएको छैनन् ।

अहिले निर्मला पन्तका बाबा अामा अाफ्नाे छाेरीकाे हत्यारालाइ पक्राउ गरेर कार्वाही गर्न माग गर्दै यतिबेला राजधानीमा धाइरहेका छन् ।अझैसम्म पनि सरकारले हत्याकाण्डकाे नजिक पुग्न सकेको छैन ।अहिलेसम्मकाे घटनाक्रम लाई हेर्ने हाे भने अहिले मन्त्रीलाई छाता अाेढाउनेहरूले न्याय माथि छाता अाेढाएर दाेषिलाइ उन्मुक्ति दिने कसरतमा लागि रहेको देखिन्छ ।

यतिबेला निर्मला पन्तका परिवारले न्याय पाउदैन भने देशमा सरकार छ भनेर घमण्ड नगरे हुन्छ ।नेपाल काे संबिधान संशोधन गरेर लेखिदिए हुन्छ ।यहाँ बलात्कार गर्न छुट छ हत्या अातंक गर्न छुट छ कसैलाई कानुनी कार्वाही हुदैन भनेर लेखिदिए हुन्छ । जबसम्म अाफ्नाे छाता अाफै बाेकेर अाेढ्ने हैसियत हामी संग हुदैन तबसम्म हजारौं निर्मलाहरू यसरी नै बलात्कार भइरहन्छन् यसरी नै हत्या भइरहने छ ।