बालकका लागि सिर्जनशील प्रतिस्पर्धा

बागलुङ, ३१ भदौ ।  राजेशचन्द्र राजभण्डारी
गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले बालकको प्रतिभा प्रफुटनका लागि सिर्जनशील प्रतिस्पर्धा उपयोगी हुने बताए ।

न्यू लाइफ आवासीय मावि गलकोट नगरपालिका वडा नम्बर ६ को आयोजनामा सम्पन्न नवौ निकेश चन्द्र चोखाल ( निकेश) स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा नगर प्रमुख गैरेले भने । न्यू लाइफ आवासीय मावि ले संस्थागत र सामुदायिक विद्यालय विच समन्वयकारी भूमिका निर्वाह गरेको बताए ।

कार्यक्रममा निकेश चन्द्र स्मृति कोषका संरक्षक वीर बहादुर चोखालले यस कार्यक्रमले आआफूलाई उर्जा प्रदान गरेको भन्दै पत्रकारिताको यस वर्षको पारिश्रमिक रु ४० हजार अक्षय कोषमा थप गरेका थिए ।

कार्यक्रममा आयोजित अन्तर आधारभूत तह स्तरीय हाजिर जवाफ प्रतियोगितामा १८ समूह सहभागी भएकोमा आयोजक न्यू लाइफ आवासीय मावि समूह ए प्रथम, समूह बी द्वितीय, एरा मदरल्याण बोर्डिङ स्कुल नरेठाटी तृतीय, जन जागृति मा वि काडेवास,एकता आवासीय मावि हरिचौर, दुदिलाभाटी बोर्डिङ स्कुल, गलकोट मोर्डनाइज्ड एकेडेमी हरिचौर र शिव मा वि काडेवास सान्त्वना भएका छन् । अन्तरसदनात्मक लोकगीत तथा नृत्य प्रतियोगितामा कक्षा १० ए प्रथम, कक्षा ८ द्वितीय र कक्षा १० बी तृतीय भएका छन् ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनश्याम शर्माको अध्यक्षता शिक्षक भूवानन्द गरेको स्वागत र सहायक प्रिन्सिपल वीर बहादुर बोहोराको सन्चालनमा सम्पन्न भएको थियो ।