पहिराेले थुनिएकाे नदि बग्न शुरू

बागलुङ, ३० भदाै । राजेशचन्द्र राजभण्डारी
बागलुङ जिल्ला बडिगाड गाउँ पालिका वडा नम्बर ७ मा अाएकाे पहिराेले थुनिएकाे बडिगाड नदि बग्न शुरू भएको छ ।

नदि अहिले पहिरो गएको सतह माथि बाट बग्न शुरू गरेपछि थुनिएको नदिबाट मानवीय क्षति भने अब नहुने प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले बताए । शुक्रबार राति १ बजेकाे समयमा एक्कासी अाएकाे ठुलाे पहिराेकाे कारण खाेला थुनिदा बुर्तिवाङ,भिमगिठे,ग्वालीचौर र खर्बाङ क्षेत्र उच्च जाेखीमा परेकाे थियोे ।

शुक्रबार राति देखि थुनिएकाे बडिगाड नदी तस्बिर : राजेशचन्द्र राजभण्डारी

रातभरि थुनिएको नदि बिहान ५ बजेदेखि पहिरोले पुरिएको सतह भन्दा माथिल्लो भागबाट बग्न शुरू भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख दिपक रेग्मीले बताए । ती क्षेत्रका झन्डै ५ सय घरका २ हजार नागरिकलाई राती नै माथिल्लो भागमा सारिएको थियोे ।

खाेला थुनिएपछि हुनसक्ने सम्भावित दुर्घटनालाई मध्य नजर गर्दै त्यस अासपासका क्षेत्रमा उच्चसतर्कता अपनाईएकाे कारणले कुनै क्षति नभएको प्रहरीले जनाएकाे छ । घटनास्थलकाे अबलाेकन गर्न प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेल,बागलुङ प्रहरी प्रमुख दिपक रेग्मी अर्जुन बाणगणका प्रमुख सेनानी लगाएतकाे टाेली राती नै त्यसतर्फ पुगिसकेका थिए ।

मध्य पहाडी लोकमार्गमा अहिले जाेखिमकाे कारण यातायात संचालन भने हुन सकेको छैन ।