निर्मला हत्याकाण्ड दासढुंगा काण्ड भन्दा रहस्यमय

कंचनपुर की १३ बर्षिय किशोरी निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटनाको सत्य तथ्य बाहिर अाउछ भनेर प्रतीक्षा गरिरहेका जनता फेरि एकपटक निराश बनेका छन् ।

निर्मला हत्याकाण्ड तत्कालीन एमालेका महासचिव मदन भण्डारी र जीवराज अाश्रितकाे चितवनको दासढुंगामा जुन जिप दुर्घटना भयो अहिलेसम्म त्यसको सत्य तथ्य बाहिर अाउन नसके जस्तै यो पनि दासढुंगा काण्ड जस्तै हुने हाे कि भन्ने अाशंका थपिदै गएको छ ।

लेखक : राजेश चन्द्र राजभण्डारी

कंचनपुर बासिले पुरै एक महिनासम्म जिल्ला थप्प पार्दा समेत २० काे १९ हुन नसकेको निर्मला पन्तकाे परिवारलाई न्याय दिने उदेश्यले गठन भएको न्यायिक समितिका सदस्य बीरेन्द्र केशी ले अाफ्नाे र परिवारकाे ज्यानको सुरक्षा नभएको भनेर अाफ्नाे जिम्मेवारीबाट राजिनामा दिनु भएको छ । जिल्लाकाे सामान्य छानबिनले निर्मला काण्डकाे बास्तबिकता बाहिर नअाउने भएपछि देशका प्रधानमन्त्री केपी शर्मा अाेलीकाे निर्देशनमा उच्चस्तरीय छानबिन समिति बनाउने काम भयो ।नेपाल प्रहरीका प्रमुख सर्बन्द्र खनाल स्वयं कंचनपुर पुगेर अाफै अग्रसर भएको देखिएको केही दिन बित्न नपाउदै छानबिन समितिका सदस्यले अाफुलाइ ज्यान मार्ने धम्की अाएकाे बताए पछि यो निर्मला पन्त प्रकरण सानोतिनो चाेटले बाहिर अाउने लक्षण छैन ।

देशमा दिनहुँजसो बलात्कार हत्या अातंक मच्चाउने काम भइरहेको छ ।साच्चै भन्ने हाे भने देशमा यतिबेला इतिहासमै शक्तिशाली बामपंथी सरकार छ अझै ठाेकेरै भन्ने हाे भने राष्ट्रबादी छबिले चिचिने केपी शर्मा अाेलि प्रधानमन्त्रीकाे कुर्सीमा बिराजमान छन् । निर्मला हत्या काण्ड बारे सत्य तथ्य कुरा बाहिर ल्याउन उच्चस्तरीय छानबिन समिति समेत बनिसकेको छ । यसले निर्मला पन्तकाे हत्यारा सार्वजनिक गरेर बाहिर ल्याउला भनेर अाशा गरिरहेकाे समयमा छानबिन समितिका सदस्यले समितिकाे सदस्य पदबाट राजीनामा दिनुलाई जुँगा चल्यो कुरा बुझ्याे भन्ने नेपाली उखान संग मेल खान्छ ।

अहिले सारा दुनियाँ निर्मला पन्तकाे हत्यारालाई सार्वजनिक गरेर कार्वाही गर भनिरहेका छन् ।हाम्रो अनुसन्धान गर्ने निकाय एकपछि अर्को निकम्मा साबित हुदै गइरहेको छ ।प्रहरीले निर्मला बलात्कार र हत्याकाण्ड प्रकरणमा मानसिक सन्तुलन बिग्रेकाे दिलिप सिंह बिष्टलाई सार्वजनिक गरेकाे थियोे उनलाई लगाएको अाराेप पुष्टि नभएको भनेर अदालतले बिष्टलाई साधारण तारिखमा छाेडिदिएको छ । बाहिर भने अनेकौं चलखेल शुरू भएको छ त्यो राेकिएकाे छैन ।अहिले छानबिन समितिका बीरेन्द्र केसीलाई समेत ज्यान मार्ने धम्की अाउनु लाई घटनामा सामान्य मान्छेको हात छैन भन्ने कुरा स्पष्ट भइसकेको छ । साच्चै भन्ने हाे भने प्रहरीले निर्मलाकाे हत्यारा लुकाउन खाेजेकाे छ भन्ने स्पष्ट भइसकेको छ ।किन एकपछि अर्को गर्दै जति पनि घटनाक्रम बाहिर अाएकाे छ काण्ड झनै रहस्यमय बन्दै गइरहेकाे छ ।

सरकारले बनाएको छानबिन समितिका सदस्यले राजधानीमै पत्रकार सम्मेलन गरेर निर्मला पन्तको हत्याकाण्ड बाहिर अाउने संभावना नभएको अाफुलाइ काम गर्ने बाताबरण नभएको मात्रै हैन घटनाक्रम लुकाउने खेल शुरू भएको अाफ्नाे र परिवारलाई समेत ज्यानको खतरा भएको कुरा सार्वजनिक हुदा समेत सरकार माैन बसिरहेको छ ।

अहिले एकजना हत्यारा जाेगाउन धेरै थरिका मान्छेहरू लागि परिरहेका देखिन्छन् ।हैन भने के राेकेकाे छ निर्मला हत्याकाण्ड छानबिन गरेर दाेषीलाइ कार्वाही गराउन ।हाे हाम्रो देशलाई त्यसै सतिले सरापेकाे देश हाे भनेर भनेकाे ।अहिले इतिहासकै शक्तिशाली सरकार पनि उहीँ नातावाद कृपावाद फरियावाद दवाब प्रभावमा परेर दाेषि जाेगाउने खेलमा लागेको देखिन्छ ।

निर्मला पन्तको हत्याबारे छानविन गर्न बनेको उच्चस्तरीय समितिका सदस्यले दिएको राजीनामाबारे गृहमन्त्री रामबहादुर थापा बादलले चासो व्यक्त गरेका छन् । यसले आफूलाई गम्भीर बनाएको भन्दै उनले भने, किन राजीनामा आयो भन्ने विषयमा हामी छानविन गर्छौं ।’छानविन समितिका सदस्य वीरेन्द्र केसीले साेमबार राजीनामाकाे घाेषणा गरेका थिए ।

प्रदेश ७ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिवसमेत रहेका उनले समितिको म्याद थप भएकोमा असन्तुष्टि जनाएका छन् र घटनाका मुख्य अपराधीबाट आफूलाई असुरक्षा भएको दाबी गरेका छन् ।

आफूलाई ‘शक्तिशाली अपराधी’ समूहबाट ज्यान मार्ने धम्की आएको बताउने केसीले ‘कसले धम्की दियो ?’ भनेर खुलाउन नसक्नुसँगै विषय थप शंकास्पद भएको छ । जिम्मेवार भूमिकामा रहेका उनले जिम्मेवारीबाट पन्छन गरेको प्रयासको आलोचना समेत चाैतर्फि भइरहेको छ । उनीमाथि अहिले सरकारसँगै अरु सरोकारवाला निकायको दबाव थोपरिएको छ । उनलाई अपराधी समूहबाटै दबाव आएको हो भने, त्योबारे स्पष्ट पार्ने जिम्मेवारी केसीको पनि हाे ।अहिले सस्तो लाेकप्रियताकाे लागि जिम्मेवारी बाट पन्छिनु भनेको निर्मला पन्त माथि थप अन्याय गर्नु हाे ।

अहिले एकजना बलात्कारी लाई बचाउन प्रहरी शक्ति बलि चढ्न तयार हुनु प्रधानमन्त्री स्वंयमले निर्देशन दिदा समेत छानबिन सत्य तथ्य तर्फ नगइ दाेसी उम्काउने तर्फ जानू लाई पंचायत कालमा नमिता सुमिता काण्ड संग समेत तुलना गरेर हेर्न थालिएको छ ।
अहिले सरकार भन्दा समाजमा अपराधी कति शक्तिशाली रहेछ भन्ने अर्को प्रमाण पनि हाे यो ।