कतारमा रहनुभएका नेपाली दाजुभाइको लागी खुशिको खबर

विराटनगर , २१ भदाै ।
वैदेशिक रोजगारीका लागी कतार गएका नेपालीका लागी खुशीको खबर अब कतारबाट फर्कन रोजगारदाताको अनुमति लिनु नपर्ने भएको छ ।वैदेशिक रोजगारीका लागि ४ लाख भन्दा धेरै नेपाली रोजगारीको सिलसिलामा कतारमा रहेका छन् यदी स्वदेश फर्किन पर्याे भने रोजगारदाताको अनुमति अनिवार्य थियो ।

तर अब त्यस्तो छैन । गत मंगलबार कतारका अमिर शेख तमिम विन हमाद अलथानीले एक्जिट पेपर’सम्बन्धी कानुनलाई प्रमाणित गर्दै स्वदेश फर्कदाँ रोजगारदाताको अनुमति लिनुपर्ने बाध्यताको अन्त्य गरेको छ ।

रोजगारदाताले श्रम मन्त्रालयलाई नामसहित उचित कारण पेश गरेपछी रोजगारदाताले कामको प्रकृति हेरी झन्डै ५ प्रतिशत कामदारका लागि भने कम्पनीबाट नो अब्जेक्सन लेटर’ चाहिने व्यवस्था गरेको छ । नयाँ नियमले आपतकालीन समस्या आइपरेमा वा वार्षिक विदाका लागि आफ्नो सम्झौताअनुसार निवेदन दिन सकिने व्यवस्था गरेको छ ।

यदि कम्पनीसँगको सम्झौता सकिनुअघि राजीनामा दिनुको कारणसहित निवेदन पेश गरी कतार छाड्न चाहेमा गृह मन्त्रालयले अनुमति दिएपछि सम्झौता सकिनुअघि नै पनि स्वदेश फर्किने अनुमति पाइनेछ ।