गाउँ गाउँमा सहकारी नारा र व्यवहार

गाउँ गाउँमा सहकारी घर घरमा राेजगारी भन्ने नारा झट्ट सुन्दा निकै अाकर्षक छ ।अहिले साच्चै भन्ने हाे भने सहकारीले नेपाली जनताको जीवन स्तरमा परिवर्तन अाएकाे छ यसलाई सकारात्मक परिवर्तन मान्नुपर्छ । सरकारले समेत अहिले सहकारी लाई सहकार्य गरेर जाने निति अनुसार अहिले नितिगत रूपमै अर्थतन्त्रकाे खम्बा मानेपछि अहिले सहकारी प्रति जनताको मात्रै हैन निजी क्षेत्रकाे समेत बिश्वास हासिल हुन थालेपछि अहिले सहकारीहरू बल्ल संस्थागत रूपमा चल्न बाध्य बन्दै गइरहेका छन् ।

लेखक : राजेश चन्द्र राजभण्डारी

अहिले धमाधम सहकारीहरूले अाफ्नाे बार्षिक साधारणसभा गर्दै हिडिरहेका छन् ।सहकारीकाे ७ सिद्धान्त अनुसार सहकारी लाई अगाडि लैजाने भनेर लेखिएकाे भए पनि नेपालका अधिकांश सहकारीहरूले त्यो नियमको पालना गर्न अझै पनि हिचकिचाउने गरेका छन् ।

सहकारी खुलेपछि समाजमा छाेराछाेरीलाइ पढ्न लेख्न खर्च देखि बिबाह ब्रतबन्ध भाेज भतेर गर्न समेत सजिलोसँग अत्ताे फुकाएर जनताको मद्दत गरेको छ ।अहिले सहकारी कै माध्यम बाट सानो तिनाे ब्यापार देखि लाखौंको ब्यबसायीक काम काराेवार गर्न समेत यसले मद्दत पुर्‍याउने काम गरेको छ ।अहिले बागलुङ जिल्लामा धेरै सहकारी संघसंस्था क्रियाशील देखिएको छ ।प्रत्येक बर्ष शेय सदस्य लाई १५ देखि २० प्रतिशत बाेनस बाड्ने देखि साधारणसभामा भागलिन अाउने सदस्यलाई ५ सय दिने चलन सामान्य भयो ।अहिले सहकारीले अाफु तर्फ शेयसदस्य लाई अाकर्षित गर्न १ हजार यातायात खर्च दिन शुरूवात गरिसकेको छ ।

बागलुङ सदरमुकाममा मात्रै २ दर्जनभन्दा बढी सहकारी संस्थाले समाजमा बेरोजगार रहेका युवालाई थाेरै भए पनि राेजगारी भने दिएको देखिन्छ ।सहकारी जुन सहकार्यकाे भावनाले अाएकाे थियो तर अहिले त्योभन्दा पनि जसरी हुन्छ बढी ऋण लगानी गर्ने बढी भन्दा बढी फाइदा गर्ने उदेश्य देखिन्छ ।जिल्लामा खुलेका बैंक तथा बित्तिय संस्था भन्दा सहजै ऋण पाइन्छ भनेरै सहकारी संस्थालाई बिश्वास गरेर शेयर सदस्य बनेको देखिन्छ ।अहिले सहकारीको कारणले धेरैले ब्यापार ब्यबसाय गर्न मात्रै पाइरहेका छैनन् ।समाजमा केही पैसा हुनेलाइ सहकारीले राम्रो ब्याज दिएर भए पनि पैसा सहकारीमा तान्न सफल भएको कारणले पनि सहकारीले राम्रो अाम्दानी गर्न सफल भएको कुरा भने सत्य हाे ।

अहिले फरकफरक काम गर्ने उदेश्यले फरकफरक सहकारी गठन मात्रै भएका छैनन् त्यहीँ अनुसार काम पनि गर्न थालेका छन् ।कृषि सहकारी स्वास्थ सहकारी दुग्ध सहकारी संचार सहकारी पशुपालन सहकारी ऋण तथा बचत सहकारी धेरै भन्दा धेरै बचत तथा ऋण सहकारी नै छन् जसले शेयर सदस्य संग बचत संकलन गर्ने अनि ऋण लगानी गरेर अाम्दानी गर्न थालेपछि अहिले सरकारले जुन सहकारी जे काे लागि गठन गरिएको हाे त्यहीँ अनुसार काम काराेबार गर्नु पर्ने निति अबलम्वन गरेको छ यसलाई बिस्तारै पालना गर्दै जान थालेको छ ।
सहकारी राज्य लाई कर तिर्नु कर्तव्य हाे अहिले बागलुङ जिल्लामा पनि सहकारीको काराेवारकाे अाधारमा कर तिर्नुपर्छ अहिलेसम्म हेर्ने हाे भने २ प्रतिशत सहकारीले मात्रै वास्तविक काम काराेवार देखाएर कर तिरिरहेकाे देखिन्छ ।

बागलुङको सन्दर्भमा अहिले गण्डकी प्रदेशमा सबैभन्दा बढी कर तिर्ने सहकारी बागलुङको सिवाइसि सहकारी भएको छ ।साच्चै हामीले बाहिर एउटा कुरा गर्छौ भित्रभित्र अर्को काम गर्छौ हामीले राज्य लाई कर छलेर काम काराेवार गरेका छाै भने शेयर सदस्य र समुदायमा गलत प्रतिबेदन प्रस्तुत गरिरहेका छाै अहिलेसम्म भएको कुरा यहीँ हाे यसलाई पनि सुधार गर्न जरुरी छ ।राज्य लाई थाेरै कर छलेर हामीले त्यो गलत बाटो बाट माफा निकालेर शेयर सदस्यलाई बाेनस खुवाउने काम गरिरहेका छाै ।

अहिले हामीले सहकारी मार्फत भएको राम्रो काम लाई प्रचारप्रसार त गरिरहेका छाै । सहकारी अर्थतन्त्रको तेस्रो खम्बा हाे भनेर जसरी राज्यले मान्यता दिएको छ यसलाई सहकारी अभियानमा लाग्नेहरूले साच्चै हाे है भनेर बनाउन सक्नुपर्छ ।

सहकारीमा ब्याज लिने र दिने तरिका अलिकति ब्यबहारिक भएन भनेर गुनासो गरेको पनि सुनिन्छ यसलाई भने गुनासो नअाउने गरि काम गरे नगरेको अनुगमन समेत हुन जरुरी छ ।

अहिलेसम्म पनि सहकारी संस्थाहरू संस्थागत रूपमा चल्न नसकेको गुनासो समेत बेलाबेलामा सुनिन्छ सहकारी ब्यक्तिकाे तजबिजमा नचलि सहकारीकाे सिद्धान्त भावना अनुसार चलाउनु पर्छ सामुहिक नेतृत्वकाे भावना नै सहकारी हाे यसलाई चिर्ने काम गर्नुपर्नेछ साच्चै सहकारी लाई सहकार्यकाे भावना अनुसार अगाडि बढाउन सक्यौं भने अझ सहकारी प्रति समाजको बिश्वास रहने छ यसले समाजलाई शेयर सदस्यलाई मात्रै नभइ राज्य लाई समेत मद्दत पुग्ने निश्चित छ ।

जिल्लामा भएका सहकारी संघ लगायतका सराेकारवाला निकायले यसतर्फ ध्यान दिने सहकारीकाे बास्तबिकता बुझेर सल्लाह सुझाव दिन सकेमात्र सहकारी सहकारीको सिद्धान्त अनुसार चल्न सक्छ ।