अमेरीकामा मोडलिङ गरेर चर्चा कमाउँदै: मैनाली

काठमाडौँ, ९ भदाै ।
जहाँ जसरी भएपनि मान्छेले आफ्नो चाहान व्यक्त गर्न सक्छन् र चाहे अनुसार त्यसलाई पुरा गर्ने कोशिश पनि गर्छन् । नेपालमा आआफ्नो क्षेत्रमा नाम चलेकाहरु पनि कसैगरी अमेरीका छिरेपछि गुमनाम हुन्छन् । सुनिक्षा मैनाली भने अमेरीकामा मोडलिङ गरेर चर्चा कमाउँदै छिन् ।

बाल्यकालदेखि नै नृत्यमा रुचि राख्ने उनको ठूलो भएर डान्सर हुने, मोडलिङ गर्ने इच्छा थियो । आईटी पढ्न अमेरिका छिरिन् । उनी १० वर्षदेखि अमेरिकामा आईटीसम्बन्धी अध्ययन गर्दै आइरहेकी छन् । अमेरिका गएदेखि नै विभिन्न नेपाली सांस्कृतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिन थालेकी उनले विस्तारै फुर्सदको समयमा मोडलिङ सुरु गरिन् ।

उनले दिलीप रायमाझी र राजवल्लभ कोइरालालगायत अमेरिकामै रहेका मोडलसँग गीतमा अभिनय गरिसकेकी छन् । उनले अमेरिकामा नेपाली कलासंस्कृति झल्किने खालका कार्यक्रम गर्दै आइरहेको बताइन् ।

राजेशपायल राईको स्वरमा रहेको चमेलीको, दीपक लिम्बूको ह्यापी बर्थ डे, मिलन अमात्यको लाखौं तस्बिर, रामकृष्ण ढकालको कहाँबाट लगायतका आधा दर्जनभन्दा बढी गीतमा उनले अभिनय गरिसकेकी छन् । पछिल्लो समय उनको ‘लाखौं तस्बिर’ नामक गीत सार्वजनिक भएको छ । उक्त गीतमा मिलन अमात्यको स्वर छ । यस्तै सुनिक्षाले यो गीतमा दिलीप रायमाझीसँग डान्स गरेकी छन् । श्राेत :अन्नपुर्ण पाेष्ट