श्रीमान् समलिंगी भएको थाहा पाएपछि डाक्टरले सुसाइड नोट लेखिन् !

नयाँदिल्ली, ७ भदाै ।
आफ्नो श्रीमान समलिङ्गी भएपछि अल इन्डिया मेडिकल इन्सिच्युट (एम्स) की डाक्टर प्रिया वेदीले सुसाइड नोट लेख्दै आत्महत्या गरेकी छिन् । हृदयविरक सुसाइट नोट लेख्दै डाक्टरले गएको शनिवार आफ्नो प्राण त्यागेकी हुन् । विवाहपछि सजाएका सपना सबै भताभुङ भएपछि जीवन मरुभूमिमा परिणत भएको भन्दै आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।मृत्यु रोज्नुअघि उनले फेसबुकमा सुसाइड नोट लेखेकी थिईन् । उक्त सुसाइड नोटले भारत लगायत सामाजिक सञ्जालमा अहिले हंगामा मच्चिएको छ । उनले फेसबुकमा लेखेको सुसाइड नोट नोट यस्तो छ :

हेल्लो,
म पछिल्लो पाँच वर्षदेखि डा. कमल वेदीसँग दाम्पत्य जीवन बिताइरहेकी छु । दाम्पत्य जीवनको महत्वपूर्ण अंश शारीरिक सम्बन्ध यो अवधिमा हामीबिच कहिल्यै भएन । विवाहको ६ महिनासम्म मैले आफूलाई सामान्य रुपमा सम्हाले, त्यसपछि मेरो मनमा आउन थाल्यो, ‘आजसम्म किन शारीरिक सम्बन्धका लागि मेरा श्रीमान् तयार भएनन् ?’

एकदिन मैले फेक इमेल आइडी भेट्टाएँ, जसको माध्यमबाट मेरा श्रीमान् समलिंगीहरुसँग कुरा गर्थे, पोर्न साइटहरु हेर्न गर्थे । यो इमेलमा रहेका सबै म्यासेज हामीले विवाह गर्नु पहिलेका थिए । जब मैले यसबारे श्रीमान्सँग कुरा राखेँ । उनले भने, ‘मेरो इमेल कसैले ह्याक गरिदिएको छ ।’ मनमा शंका राखेरै मैले उनको कुरामा विश्वास गरेँ । त्यसपछि भने उनले मसँग ८ देखि १० पटकसम्म यौनकर्ममा लिन हुने असफल प्रयास गरे । मैले यो कुरा कसैलाई बताउन सकिनँ, किनभने म उनीसँग प्रेम गर्थेँ । लाग्थ्यो, एकदिन सब ठिक हुन्छ ।

परिस्थिति यतिमैँ सिमित रहेन । बरु उल्टै उनले मेरो परिवार र ममा खोट रहेको आरोप लगाउन सुरु गरे । मलाई मानसिक रुपमा प्रताडित गर्दै जान थाले । म चाहिँ उनकी श्रीमतीका रुपमा आफूलाई उभ्याएर हरेक कुरा सहन थालेँ । उनले सानातिना कुरामा पनि मलाई निकै दुःख दिए । करिब एकमहिना पहिले उनले भनेका थिए, म समलिंगी हुँ वा बाइसेक्सुअल हुँ । म विश्वस्त छु, उनी समलिंगी थिए किनकी मसँग रहँदा उनमा कहिल्यै उत्तेजना भएन । उनी आफ्नो पुरुष साथीसँग भने यौनको भरपुर आनन्द उठाउन सक्थे । काश्मिरमा रहेका उनका यौन पार्टनर फेक इमेल आइडीबाटै उनीसँग जोडिएका थिए ।

म श्रीमतीका रुपमा त्यो समस्याबाट उन्मुक्ति दिलाउन मद्दत गर्न चाहन्थेँ । तर, उनले भने मलाई सताइरहे । गएको रात मेरा लागि यति भयाबह भयो कि, मैले निर्णय गरेँ अब उनीसँग जीवन जिउन सक्दिनँ ।

अन्तमा डा. वेदी म तिमीलाई धेरै प्रेम गर्छु । तर, तिमीले मेरा सारा खुशी निमोठिदियौ ! तिमी सैतान हौ, जसले मेरो जीवन बर्बाद बनायो । हाम्रो समाजमा अरु पनि कोही यस्तै छौ भने प्लिज केटीसँग विवाह नगर्नू । कोही समलिंगी यस्तो गर्छ भने ऊ त्यो केटीको मात्रै होइन, घरपरिवार र आफन्तको भावनामाथि पनि खेलबाड हो ।

डा. बेदी मैले तिमीबाट केही चाहिनँ । केही चाहेकी भए पाँच वर्ष तिमीसँग हुन्नथेँ । यत्ति चाहेकी थिएँ, तिमीसँगै रहन । किन थाहा छ, म तिमीलाई हदभन्दा धेरै माया गर्थेँ । तिमी यस्तो कुरा कहिल्यै महशुस गर्न सक्दैनौ, किनकि तिमी त अपराधी हौ । प्रियाले दिल्लीको एक होटलमा आराम गर्ने भन्दै पंखामा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।