फेरि पनि अान्दोलन

देश अान्दोलन चलिरहन्छ
कहिले महंगी काे बिराेधमा
कहिले भ्रष्टाचारको बिराेधमा
कहिले बलात्कारको बिराेधमा
अन्याय अत्याचारकाे बिराेधमा
तर

लेखक : राजेश चन्द्र राजभण्डारी

माग पूरा गर्ने निकाय चुपचाप छ
जनताको माग नत पूरा हुन्छ
नत कुनै सुनुवाइ नै हुन्छ
अहिले फेरि देशमा अान्दोलन छ
सारा डाक्टरहरू सडकमा उत्रिएका छन्
सरकारलाई खबरदारी गरिरहेका छन्
डाक्टर गाेबिन्द केसीको माग पूरा गर
भनेर कराइ रहेका छन्
सरकार अान्दोलन लाई देखेको नदेखे झै
गरिरहेकाे छ

नेपाली जनता अान्दोलनकाे मारमा परेका छन्
सरकारी अस्पतालमा उपचार हैन अान्दोलन छ
गरिब जनताको अावाज नत सरकारले सुन्छ
नत अान्दोलनमा उत्रिएका अान्दोलनकारी डाक्टरले नै
सरकारलाई दुई तिहाईकाे दम्भ चढेको छ
मन्त्रीहरू तथानाम बाेल्छन्
समस्या बिसकाे उन्नाइस भएको छैन
दिनहुँ सडक जाम छ

अस्पतालमा बिरामीलाई सेवा दिने
डाक्टरहरू अान्दोलनकाे नाममा बिभाजित छन्
अस्पतालमा जाने बिरामीको हरिबिजाेक छ
सरकारी अस्पताल बन्द छ
निजी अस्पतालकाे ब्यापार मालामाल छ
देश अहिले पनि दलाल र माफिया कै
इसारामा चलिरहेको छ
अहिले पनि कसले बढी लुट्ने भन्ने कै
खेल भित्र भित्र चलिरहेको छ
देश र जनताको साच्चै माया भने

अबको अान्दोलन
नेपालका सबै निजी हस्पिटल
सरकारीकरण गर
सबै नेपाली जनतालाई सर्भ सुलभ
स्वास्थ्य सेवा दे निशुल्क स्वास्थ सेवा दे
भन्ने हुनुपर्छ अबको अान्दोलन
जनताको पक्षमा हुनुपर्छ
जनताको छाेराछाेरीले निशुल्क
स्वास्थ शिक्षा पढ्न पाउने हुनुपर्छ

 

तलकाे भिडियाे पनि हेर्नुहाेस …