स्थापना दिबसमा पत्रकार पुरस्कृत

बागलुङ, २२ माघ । राजेशचन्द्र राजभण्डारी
समृद्ध नेपाल निर्माणका लागि सबल श्रमजीवी पत्रकार प्रेस स्वतन्त्रता र ब्यबसायीक पत्रकारिता प्रेस चाैतारीकाे अाधार भन्ने नारासाथ प्रेस चाैतारी नेपालकाे २० अाै स्थापना दिबस बागलुङमा सम्पन्न भयो ।

कार्यक्रममा बागलुङ नगरपालिकाका मेयर जनकराज पाैडेलले समाज परिवर्तनको लागि राज्यको चाैथाे अंगकाे भुमिका प्रभावकारी हुने हुदा साे भुमिका निभाउनु पर्ने धारणा ब्यक्त गरेका थिए ।

प्रेस चाैतारी नेपालले स्थापना गरेको क्रियाशील पत्रकारिता पुरस्कार नगद १० हजार र प्रमाणपत्र बागलुङका पत्रकार रामबहादुर जिसी लाई प्रदान गरिएको थियो ।कार्यक्रममा नेकपा एमालेका सचिव लालबहादुर थापा नेपाल पत्रकार महासंघ पुर्ब अध्यक्ष हरिनारायण गाैतम प्रेस चाैतारी नेपालका केन्द्रीय सचिव रामकृष्ण शर्मा प्रेस सेन्टर नेपाल बागलुङका अध्यक्ष राम थापा अबिरल प्रेस युनियन बागलुङका सचिब संगम घर्ती प्रगतिशील पत्रकार संघ बागलुङका अध्यक्ष बिजय राना पुरस्कृत ब्यक्ति रामबहादुर जिसीले अहिले पत्रकारले जनताको लागि चाहिने बिषय उठाउन नसकेको पत्रकारकाे संघसंस्था खाली राजनीति गर्ने थलो बनेको हुदा यसमा सुधार गर्न जरुरी रहेको धारणा राखेका थिए ।

कार्यक्रमकाे अध्यक्षता प्रेस चाैतारी नेपालका अध्यक्ष उमाकान्त शर्मा स्वागत उपाध्यक्ष नवीन शिशिर बिक कार्यक्रम संचालन सचिव सृजना पन्तले गरेका थिए ।कार्यक्रममा पुरस्कृत ब्यक्ति रामबहादुर जिसीकाे ब्यक्तिगत परिचय नेपाल पत्रकार महासंघका अध्यक्ष दिल शिरिषले गरेका थिए ।

प्रेस चाैतारी नेपालले पत्रकार गणेश पाण्डेले निर्माण गरेको डकुमेन्ट्री प्रसारण गरेर संकलन गरेको रकम बाट पुरस्कारको लागि अक्षयकोष स्थापना गरि गत बर्षदेखि प्रेस चाैतारी संग अाबद्द एकजना पत्रकार लाई पुरस्कृत गर्न शुरू गरेको थियो ।चाैतारीले पहिलो पुरस्कार पत्रकार हरिनारायण गाैतमलाई प्रदान गरेको थियो ।

प्रेस चाैतारी नेपालले नेपाल पत्रकार महासंघ बागलुङ शाखाले निर्माण गर्दै गरेको नयाँ भबनकाे लागि ५ हजार ५ रूपैयाँ नगद सहयोग प्रदान गरिएको थियो ।