सिद्धार्थ बैककाे ८३ अाै शाखा बागलुङमा

बागलुङ, २२ माघ । राजेशचन्द्र राजभण्डारी
प्रदेश नम्बर ४ काे ब्यापारी केन्द्र बागलुङ सदरमुकाममा सिद्धार्थ बैक लिमिटेडकाे एक कार्यक्रम बिच नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य निर्माण कुमार श्रेष्ठ बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष जयराम भारी संयुक्तरूपमा उद्घाटन गरेका थिए । मंसिर २० गतेदेखि अाैपचारिक रूपमा बैकले काराेबार शुरूगरेको थियो ।

कार्यक्रममा बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष जयराम भारीले बागलुङ जिल्लामा सिद्धार्थ बैककाे प्रबेशले यश क्षेत्रमा अार्थिक काराेबार अझै बढेर जाने जनताको चाहना अनुसार सेवा दिने काम गर्नु पर्ने धारणा राखेका थिए ।

बागलुङ जिल्लामा अाफ्नाे ८३ अाै शाखा मार्फत बैकले अार्थिक काराेबार शुरूवात गरेर सेवा दिएकाे बैकका शाखा प्रबन्धक सुजित भारीले बताए । बागलुङ नगरपालिका वडा नम्बर २ लाेकतान्त्रिक चाेकमा रहेको शाखामा ५ जना कर्मचारीले सेवाग्राहीलाई सेवा दिदै खाता खाेलेर सेवा दिने काम शुरू गरेको भारीले बताए ।

नेपालमा सबैभन्दा बढी रेमिटान्स भित्र्याउने जिल्ला भएको कारणले गर्दा पनि बागलुङ जिल्लामा निजी क्षेत्रका बैक तथा बित्तिय संस्था अाउने क्रम बढेको देखिन्छ ।