बागलुङ नगरपालिकाकाे मेयर कप तयारी पूरा

बागलुङ माघ १४ । राजेशचन्द्र राजभण्डारी
युवा विकासकाे अाधार खेलकुद पर्यटन र राेजगार भन्ने मुल नारा साथ बागलुङ नगरपालिका बागलुङले माघ १६ गतेदेखि सदरमुकाममा पहिलोपटक मेयर कप फुटबल काे तयारी अन्तिम चरणमा पुगेको पत्रकार सम्मेलन गरि जानकारी गराएको छ ।

बागलुङ नगरपालिकाले पत्रकार सम्मेलन गरि इतिहास म‌ै पहिलोपटक मेयर कपकाे अायाेजना गर्न लागेको बागलुङ नगरपालिकाका मेयर जनक राज पाैडेलले बताए । सहिदकाे सम्मान स्वरूप माघ १६ गते सहिद दिबसकै दिन उद्घाटन गर्न लागेको मेयर पाैडेलले बताए ।

प्रथम मेयर कप सफलता पुर्बक सम्पन्न गर्न जिल्ला खेलकुद बिकास समिति जिल्ला फुटबल संघ लगायत अन्य खेलकुद संग सम्बन्धित संस्था संग सहकार्य गरेको छ ।

मेयर कप फुटबल प्रतियोगितामा प्रदेश नम्बर ४ काे ११ वटा नगरपालिकाले टिमले भाग लिने कार्यक्रममा रहेको बागलुङ नगरपालिकाले जनाएको छ । कार्यक्रममा जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष धनबहादुर परियारले गरेका थिए । कार्यक्रम संचालन बागलुङ नगरपालिका कार्यालयका याेजना तथा प्रशासकिय अधिकृत युक्तप्रसाद सुबेदीले गरेका थिए ।

प्रथम मेयर कप प्रयाेगिता बागलुङकाे भकुण्डे खेल मैदानमा एउटा खेल गर्ने कार्यक्रम रहेको छ । खेल सम्पन्न गर्न १५ लाख खर्च बिनियाेजन गरेको छ अन्य खेल म‌‌‌ैदान बनाउन र सांस्कृतिक झाकी प्रर्दशनी गर्न थप १५ लाख गरि ३० लाख खर्च लाग्ने नगर प्रमुख पाैडेलले बताए ।

पत्रकार सम्मेलनमा खेलकाे लागि तयार पारिएको टिसर्ट ट्रफी समेत सार्वजनिक गरिएको थियो । मेयर कपमा बागलुङ नगरपालिका पालुङटार नगरपालिका वालिङ नगरपालिका ग‌ैडाकाेट नगरपालिका बेनी नगरपालिका पाेखरा लेखनाथ महानगर पालिका गलकाेट नगरपालिका कुश्मा नगरपालिका देबचुलि नगरपालिका ब्यास नगरपालिका र गाेर्खा नगरपालिका बिच खेल हुनेछ ।