सन्दीपलाई किन्न पाउदा दिल्ली खुसिले गद्गद

काठमाडौं, माघ १४ ।
नेपाली युवा बलर सन्दीप लामिछानेलाई इन्डियन प्रिमियर लिग आइपिएल खेल्नको लागि दिल्ली डेयर डेभिल्सले किनेपछि देशविदेशमा चर्चा बढेको छ ।

सन्दीप लामिछानेको सुरुवाती मूल्य २० लाख भारु तोकिएको थियो र दिल्लीले २० लाख भारुमै किन्यो । आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी बनेपछि सामाजिक सञ्जालमा सन्दीपलाई बधाइ दिनेको ओइरो लागेको छ ।