आफ्नो जन्मदिन को अबसरमा शैक्षिक सामाग्री हस्तान्तरण

पर्वत, १३ माघ। सन्तोष बि बराल 

आफ्नो जन्मदिनलाई भोजभतेर गरेर मनाउने संस्कारको अन्त्य गर्दै पर्वतका एक युवाले आफ्नो जन्मदिनमा २७ जना बालबालिकाहरुलाई शैक्षिक सामाग्रि बितरण गरेर आफ्नो जन्मदिन मनाएका छन् । कुश्मा ४ भण्डारीटोल २०४९ सालमा जन्मिएका शिशिर शर्माले आफ्नो २५ औं जन्म दिन बालबालिकाहरुलाई शैक्षिक सामाग्रि हस्तान्तरण गरेर मनाएका हुन् । फलेवास खानीगाउमा रहेको जनप्रिय प्राथमिक विद्यालयमा अध्ययनरत २७ जना बालबालिकाहरुलाई करिव १७ हजार बराबरका शैक्षिक सामाग्रि हस्तान्तरण गरेका हुन् ।

नेपाल बिद्यार्थी सघ गुप्तेस्वर बहुमुखी क्याम्पस इकाइ सभापति , CAWUN नेपाल पर्बत का सह-सचिब लगायत दर्जनौ सघसस्था मा आबध्ध समेत रहेका शर्माले जन्मदिनमा गर्ने अनावश्यक खर्च जोगाएर बालबालिकाहरुलाई सहयोग गर्दा आत्मसन्तुष्टी मिलेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल बिद्यार्थी सघ केन्द्रिय उपाध्यक्ष्य डिल्लिराम सुबेदी ले अनावश्यक खर्च गर्ने समाजका बिचमा शर्माले गरेको सामाजिक काम अरुका लागि समेत प्रेरणादायि भएको बताउनुभयो । सुबेदीले सामाजिक काममा यूवाहरुको सक्रियताले अरु क्षेत्रमा लाग्नेहरुका लागि पनि प्रेरणा मिल्ने बताए ।

कार्यक्रम को अद्यक्ष्यता विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्ण प्रसाद तिवारी ले गरेका थिए । कार्यक्रमको स्वागत मन्तब्य विद्यालयकी प्रधानाध्यापक दुर्गा सुबेदी लम्साल ले विद्यार्थीहरुका लागि यो उधहरानीय सहयोग भएको भन्दै नियमित विद्यालय आउन हौसला मिल्ने बताउनु भयो । । गुप्तेशोर बहुमुखी क्याम्पस स्ववियु सभापति शिशिर छेत्रीले बालबालिकाहरुका लागि गरिएको यो सहयोगले उनिहरु बिच हौसला मिल्ने बताए । नेबी संघ पर्बत का अद्यक्ष्य मिलन सुबेदीले यूवाहरुले गरेको सामाजिक काम अरु व्यक्तिहरुका लागि पनि प्रेरणादायि हुने बताएका थिए ।

कार्यक्रम का अवसरमा नेबि संघ पर्बत का अद्यक्ष्य मिलन सुबेदी ,उपाध्यक्ष्य किशोर सुबेदी , गुप्तेशोर बहुमुखी क्याम्पस स्ववियु सभापति शिशिर छेत्री , कार्यक्रम संयोजक एबम पत्रकार साजन परीयार , समाजसेवी युवा अजय पोखेरेल , शर्माकै बुवा मोहराज शर्मा लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन नेबि संघ गुप्तेशोर क्याम्पस इकाइ सचिब सन्तोष पाठक ले गरेका थिए ।