सशस्त्र प्रहरीको एपिएफ क्लब विजयी

पोखरा, १२ माघ ।
यहाँ जारी १६ औंँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको आजको खेलमा संकटा फुटबल क्लबलाई १–० गोल अन्तरले हराउँदै सशस्त्र प्रहरीको एपिएफ क्लब विजयी भएको छ ।

प्रतियोगिताको २८ औँ मिनेटमा एपिएफका आदित्य चौधरीले गरेको गोल नै जीतका लागि निर्णयक बन्यो । प्रतियोगितामा चौधरी उत्कृष्ट खेलाडी घोषित बन्नुभयो । एपिएफका प्रशिक्षक रत्नकाजी महर्जनले आगामी खेलमा आजभन्दा राम्रो प्रदर्शन गरिने बताउनुभयो ।

संकटा फुटबल क्लबका प्रशिक्षक सल्यान खड्गीले क्लबका खेलाडीले राम्रै खेले पनि गोल गर्न नसकेको बताउनुभयो । शुक्रबारको खेल नेपाल पुलिस क्लब र रमपम झापा ११ बीच हुने आयोजक सहारा क्लबले जनाएको छ । रासस