केटाकेटीका प्रश्न

~बिष्णुमाया बिभु~

त्यो जुन यो घाम कसले बनायो आमा?
भगवान शिब राम कसले बनायो आमा?

मेचीदेखि महाकाली सम्मै हो भन्छन्!
यो देश यो गाम कसले बनायो आमा?

मर्ने हुन् कि हजुरआमा बाटैमा लौन!
यो बन्द यो जाम कसले बनायो आमा?

विश्वास घात हुन्छ रे यहाँ दिनरात
जालझेल छलछाम कसले बनायो आमा

भन्छेउ पैसाकैलागि सब नराम्रो भैरहेछ!
यो दुख यो दाम कसले बनायो आमा?

सुन्दर शान्त बिशाल बुद्ध भूमि नेपाल
मेरो देशलाई बदनाम कसले बनायो आमा?