जुनाकाे आफ्नै अावाजमा ‘ताराबाजी लै लै’ सार्वजनिक 

काठमाडौँ, ४ पुस ।
दर्शक स्रोताको मनमुटुमा बस्न सफल गायिका जुना प्रसाईकोे ‘ताराबाजी लै लै’ को भिडीयो सार्वजनिक भएको छ ।

जुनाकाे आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेकाे उत्त गीतको रचना दीपक शर्माले गरेका हुन् ।

‘ताराबाजी लै लै’ मा जुनाको कलात्मक गायकी सँगसँगै गीतकार शर्माकै स्वय संगीत रहेको छ ।
गीतमा सबैले आफ्नो बालापनमा भोग्ने, देख्ने र गर्ने चुलबुले व्यवहार, तनावबिना बाँचेको जीवन स्मरण दिलाउने छ,जुनाले भनिन्‘ गीतबाट स्रोताको मन जित्ने पूर्ण विश्वास छ । ’
भिडीयो हेर्ने जोहि कोहिलाई वालापनको याद दिलाउने गायिका जुनाले बताईन् ।
युवराज वाइवाको निर्देशन रहेको भिडियोमा केशव भट्टराई, रश्मी भट्ट, अभिज्ञा प्रसाई, एलिसा श्रेष्ठ र निर्जला बरालको अभिनय छ । निशान घिमिरेले सम्पादन गरेको गीतलाई उत्सव दाहालले छायांकन गरेका हुन् । गीतको एरेन्ज उदयराज पौडेलले गरेका हुन् ।

भिडियो हेर्न यहाँ क्लिक गनुहोला ।