ग्लोबल आइएमई बैंकको २ शाखारहित बाग्लुङमा सेवा

काठमाडौँ, २ माघ।
ग्लोबल आइएमई बैंकले बाग्लुङको काठेखोलास्थित बिँहुपोखरा र पयुँपाटामा दुई वटा शाखा रहित बैंकिङ सेवा शुरु गरेको छ ।
५९ औँ र ६० आैँ शाखारहित बैकिङ सेवा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल उद्घाटन गरे । बैकिङ सेवा सञ्चालनपछि कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेका दुवै स्थानमा बैंकिङ सेवा उपभोग गर्न टाढा पुग्नुपर्ने बाध्यता अन्त्य भएको छ ।

शाखारहित बैंकिङ सेवाका लागि पयुँपाटामा उषा रानी शर्मा र बिँहुपोखरामा महेन्द्र पुन व्यावसायिक प्रतिनिधि नियुक्त भएका छन् ।
बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवा सुविधा दिन १ सय १३ शाखा, १ सय २७ एटिएम, ४ एक्सटेन्सन काउन्टर, १४ राजश्व संकलन काउण्टर, ६० शाखारहित बैंकिङ सेवा सञ्चालन गरिरहेको छ ।

बैंकले अत्याधुनिक प्रविधियुुक्त भाइबर बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवा पनि दिइरहेको छ । बैंकले अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि र सम्पर्क कार्यालय स्थापना गरेर त्यहाँका नेपालीलाई सेवा प्रदान गरिरहेको छ ।

मलेसिया, दक्षिण कोरिया, कतार, युएइ, बहराइनलगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गरिरहेको छ ।