राष्ट्रिय पुरुष फुटबलः एपिएफको विजयी शुरुवात

दाङ, २ माघ ।
अठ्ठाइसौँ राष्ट्रिय पुरुष फुटबल प्रतियोगिता आजदेखि दाङको तुलसीपुरमा शुरु भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना तथा दाङ जिल्ला फुटबल संघको सहआयोजनामा शुरु भएको उक्त प्रतियोगिताको न्याय परिषद्का सदस्य पदमप्रसाद बैद्धिकले उद्घाटन गर्नुभयो ।

स्थानीय अरनिको मैदानमा भएको शुरुवाती खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले मध्यपश्चिम फुटबल क्लबलाई ०–१ को गोलअन्तरले पराजित गर्दै विजयी यात्रा शुरु ग¥यो । एपिएफका तर्फबाट जर्सी नं १८ का अमृत अधिकारीले १८ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुग्यो । प्रतियोगिताअन्तर्गत बुधबार पश्चिमाञ्चल र नेपाल प्रहरीबीच प्रतिस्प्रर्धा हुनेछ । रासस