काठमाडौ बागलुङ हवाई सेवा संचालन गर्ने सहमति

बागलुङ, १ माघ । राजेशचन्द्र राजभण्डारी 
२६ बर्ष देखि बन्द रहेको बागलुङको बलेवा बिमानस्थल पुन संचाल गर्न सराेकारवाला बिच अाइतबार काठमाडौमा सहमति भएको छ ।
बागलुङ बलेवा बिमानस्थल संचालन् योग्य बनाई २०७४ फाल्गुण मसान्त देखि हवाई सेवा संचालन गर्ने गरि लिखित सहमति भएको बागलुङ नगरपालिकाका मेयर जनकराज पाैडेलले बताए ।

नागरिक उड्ययान प्राधिकरण नेपालका उप महानिर्देशक राजन पोख्रेल नेपाल बायुसेवा निगम तारा एयर समिट एयर मकालु एयर समेतका प्रमुख प्रतिनिधिहरु संग (CAAN) प्राधिकरणको कार्यालय काठमाडौमा बलेवा विमानस्थल संचालनका लागी सरोकारवालाहरु समेतको बैठकमा बायुसेवा कम्पनी बागलुङ नगरपालिका र स्थानिय सोकारवाला बिच यात्रुहरुको सुनिस्चितता सहित समन्वय गरि वलेवा–काठमाडौ बिमानसेवा हाललाई हप्ताको २ संचालनमा ल्याउने सहमति भएको छ ।

  हाल लाई हप्तामा २ पटक नेपाल बायुसेवा निगम र तारा एयरले १/१ उडान संचालन गर्ने /गराउने निर्णय भएको मेयर पाैडेलले बताए ।

बागलुङको बलेवा बिनानस्थल संचालन गर्नुपर्ने अाफुहरूले माग गरिरहेकाे अहिले बागलुङ नगरपालिकाकाे सक्रियतामा हवाई सेवा संचालन गर्ने सहमति हुनु सकारात्मक भएको यसले बागलुङमा थप पर्यटक अाकर्षित गर्ने बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष जयराम भारीले बताए ।

बागलुङ जिल्लामा २०४८ सालमा पाेखरा बागलुङ राजमार्ग बनेर यातायात संचालन भए पछि बलेवा विमान स्थल बन्द हुन पुगेकाे थियो ।
बलेवा बिमानस्थल पुन संचालन गर्ने भनी माअाेबादीका मन्त्री लाेकेन्द्र बिष्ट मगर र दिनानाथ शर्माले एकपटक बलेवा बिमानस्थलमा काठमाडौ देखि नेपाल एअरलायन्सकाे विमान ल्याएपनि सेवा भने शुरूवात भएको थिएन ।अहिले बिमानस्थल सम्म पुग्ने सडक राम्रो नभएको कारणले साे सडक कालाेपत्रे र ब्यबस्थित गर्न जरुरी देखिन्छ ।