घ्याङसिङटारका ९६ विद्यार्थीलाई स्वीटर वितरण

हेटौँडा, ३० पुस ।
रोट्रयाक क्लब अफ मकवानपुरले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ घ्याङसिङटार रहे को सरस्वती प्राविका ९६ जना बिद्यार्थीलाई आज स्वीटर वितरण गरेको छ ।

चिसो मौसमको कारण बिद्यार्थीहरु बिद्यालय आउने समस्य परेकोले रोट्रयाक क्लब अफ मकवानपुरले विभिन्न सहयोगी दाताहरुको सहयोगमा स्वीटर वितरण गरेको क्लबका अध्यक्ष विजय पौडेलले बताए ।

स्वीटर वितरण कार्यक्रममा बोल्दै हेटौडा वडा १ का अध्यक्ष सविन न्यौपानेले हेटौडा नगरको भएता विकट लाग्ने यो वस्तीमा रहेका बालबालिकाहरुलाई स्विटर वितरण गरि बालबालिकालाई विद्यालय जाने वातावरण गरेको भन्दै क्लबलाई धन्यवाद दिदै आगामी दिन हरुमा यस्ता कार्यक्रमहरुको आयोजना गरिने बताए ।

त्यस्तै, निमार्ण व्यवसायी संघका अध्यक्ष आनन्दराम पराजुलीले शिक्षा क्षेत्रको विकासमा निमार्ण व्यवसायी संघले सधै सहयोग गर्ने बताए । यता विद्यालय व्यावस्थापन समितिका अध्यक्ष लवाङ सिन्तानले हेटौँडा नगर भित्रै रहेको यस क्षेत्रमा जनजातीहरुको बाहुल्यता रहेको र अहिले सम्म कुनै संघसंस्थाले विद्यालयमा सहयोग नगरेको बताउदै रोट्रयाक क्लब अफ मकवानपुरलाई धन्यवाद दिए । हेटौंडा भेट्रान्स मकवानपुर, पौडेल दाना उद्योग, प्रतिमा श्रेष्ठ, राजबाबु श्रेष्ठ, कृष्ण खतिवडा, खेमराज काफले, सागर कटुवालले स्वीटर सहयोग गरेका थिए ।

क्लबका अध्यक्ष विजय पौडेलको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौडा उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष सविन न्यौपाने, निमार्ण व्यवसायी संघ मकवानपुरका अध्यक्ष आनन्दराम पराजुली, मकवानपुर उद्योग वाणिज्य संघका सदस्य प्रतिमा श्रेष्ठ,समाजसेवी शिव थापा, कलाकार राजुबाबु श्रेष्ठ, विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष लवाङ सिन्तान, विद्यालयका प्रधानध्यापक सुदर्शन पौडेल घ्यान्सिङटारका विद्यार्थीका अभिभावक, शिक्षक लगायतको उपस्थिती रहेको थियो ।