कक्षा ११ को नतिजा ग्रेडिङ्ग प्रणालीमा सार्वजनिक

भक्तपुर, २९ पाैष ।    

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नियमित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डले पहिलो पटक ग्रेडिङ प्रणालीअनुसार सबै समूहको नतिजा सार्वजनिक गरेको हो ।

परीक्षा नियन्त्रक डम्बर बतासका अनुसार ३ लाख ४७ हजार ७ सय ४८ जनाले परीक्षा दिएका थिए। यसमध्ये ७४ जनाको नतिजा रद्द गरिएको उनले बताए। बोर्डले एसइइकै जस्तै नौ समूहमा विभाजन गरेर नतिजा सार्वजनिक गरेको छ।

बोर्डले असार १ गतेदेखि परीक्षा सञ्चालन गरेको थियो ।