रुपन्देही—११ ले भुटानको डुकस्टारलाई पराजित ग¥यो

धनगढी, २५ पुस ।
यहाँ जारी ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटवल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा रुपन्देही–११ ले भुटानको डुकस्टार क्लबलाई दुईका विरुद्ध तीन गोलले पराजित गरेको छ ।

पहिलो हाफमा शुन्यका विरुद्ध दुई गोलले अग्रता लिएको रुपन्देही–११ ले दोस्रो हाफमा थप एक गोल गरेको थियो । रुपन्देही–११ का लागि अमर डङगोलले पहिलो हाफको २२ औँ र ३८ आँै मिनेटमा गोल गरे भने मनिष थापाले दोस्रो हाफको ६९ आँै मिनेटमा तेस्रो गोल गरे ।

भुटानको डुकस्टार क्लवको तर्फबाट ५८ औँ मिनेटमा क्विन्गा चब्गे र अतिरिक्त समयको दोस्रो मिनेटमा एसी दोर्जीले गोल गरे । भुटानले अन्तिम समयमा पाएको पेनाल्टीको सदुपयोग गर्न नसक्दा हार बेहोर्नुप¥यो । गौतम श्रेष्ठले डि बक्सभित्र फल गरेपछि डुकस्टारले पेनाल्टी पाएको थियो तर पेनाल्टीमा केजङ वाङजीको प्रहारलाई रुपन्देहीका गोल किपर सुजित गुरुङले गोल हुन दिएनन् ।

खेलका म्यान अफ द म्याच रुपन्देहीका अमर डङगोल घोषित भई पुरस्कृत भए ।

गत वर्ष भएको खप्तड गोल्ड कपमा पनि सहभागी भएको डुकस्टारले त्यस बेला वेष्ट काठामडाँैलाई पहिलो खेलमा एकका विरुद्ध चार गोलले पराजित गर्दा डिफेन्डिङ च्याम्पियन मनाङ मस्याङ्दीसँग शुन्यका विरुद्ध दुई गोलले पराजय बेहोर्नुपरेको थियो ।

गत वर्षभन्दा राम्रो टिम ल्याउँदा पनि खेलाडीहरूले आजको खेलमा सोचेअनुसार खेल्न नसकेको डुकस्टारका प्रशिक्षक कोता नाम्भेले बताउनुभयो ।

रुपन्देही–११ का प्रशिक्षक दयाराम सापकोटोले टिमले सोचेअनुसारको खेल्न नसकेको बताउँदै अर्को खेलमा अझ सुधार गरेर खेल्ने बताउनुभयो ।

बुधबार सेमिफाइनल प्रवेशका लागि सिएमजी संकटा र एपिएफबीच प्रतिष्पर्धा हुने प्रतियोगिताका संयोजक ओमविक्रम चन्दले जानकारी दिनुभयो । रासस