“जागौ उठौ कम्मर कसौ ” कृष्ण समिप सुबेदी

सन्तोष बि बराल , पर्वत २० पौष | चर्चित गायक, शब्द शङ्कलक एबम कुशल कार्यक्रम प्रस्तोता कृष्ण समिप सुबेदीले पर्यट्किय स्थल पाङ पर्बत ओझेलमा परेको कुरा सामाजिक सँजाल फेसबुक मार्फत गुनासो सार्बजनिक गर्नु भयको छ । जन्मभुमी पाङ पर्बत भएपनि लामाे समय देखी कर्मथलो काठमाडौं बनाउदै अाउनु भएका सुबेदीले पाङ लगायत समग्र पर्बतको महत्व कसैले नबुझेको, नबुझाईयको र अब यत्तेकैमा सिमित राख्न नहुने बताउनु भयको छ ।

बिश्वाे भरिकै सबै जसाे समाचार लगायत कुनै पनि ठाउ बिशेषकाे बारेमा बुझ्न चाहेकाे अहिलेकाे युगमा हामी ढिलै भयपनि जाग्नुपर्छ र यो पार्बती भुमिलाइ विश्व सामु चर्चित बनाउन कम्मर कस्नु पर्दछ। पार्बती जन्मेको भुमी भनेर यस्लाइ सोही अनुसारको काम गर्न सक्यौ भने यहाँ यो ठाउँ धार्मिक, सास्कृतीक, पर्यटकिय र शिक्षाको केन्द्र बन्नेमा दुइमत छैन ।अयोध्यामा राम जन्मे आज रामको भुमी भनेर बिश्र्वमा प्रशिद्ध छ।

जनकपुरमा सीता जन्मिन आज जनकपुरको जुन ख्याती छ त्यो गर्भ गर्न लायक छ भने लुम्बिनिमा जन्मेका बुद्दको को त झन धर्मकै नाममा बिस्वमा ख्याती स्थापित छ। तर हिमालय पुत्री पार्बती यही नेपाल को धौलागिरी अञ्चल पर्बत जिल्ला को सून्दर भुमि पाङ्ग मा जन्मियको कुरा आज कसैलाई थाहा छैन।

किम्बदन्तीमा पढ्नु ,कहि कसैले परिआउदा बाचन गर्नु सिबाय कसैलाई यो कुराको अबगत छैन।यसै त ज्योतिस बिधाको कारणले प्रशिद्ध यो ठाउँ पार्बती भुमिका नामले चिनिदा समग्र देशका लागीनै प्रतिस्ठाको केन्द्र बन्ने छ।अतह अब हामी जो जहाँ छौ जस्ले जहाँ बाट जे जसरी सक्छौं सोहि अनुसार गरौं . जागौ उठौ कम्मर कसौ हिमालय पुत्री पार्बतीको जन्मभुमी पबित्र ठाउँ पाङ्गलाई अब गौरबको क्षेत्र बनाउ यस्को प्रचार प्रसार गरौं र सबै भन्दा पहिला पाङ्ग ,पर्बत र धौलागिरि बाटै यो अभियान सुरुवात गर्न फेस्बूक मार्फत आग्रह गर्नु भयको छ ।