प्रदेश नम्बर ४ कै नमुना पुस्तकालय बनाउने

बागलुङ, २० पुस ।राजेशचन्द्र राजभण्डारी
बिद्यामन्दिर पुस्तकालय बागलुङ लाई प्रदेश नम्बर ४ कै नमुना पुस्तकालय बनाउने प्रतिबद्धता बागलुङका सांसदहरूले ब्यक्तगरेका छन् ।

बिद्यामन्दिर पुस्तकालय बागलुङ २००३ ले अायाेजना गरेको स्वागत कार्यक्रममा सांसद डाक्टर सुर्य पाठक र ईन्द्रलाल सापकोटाले नेपाल कै पुरानो सामुदायिक पुस्तकालयले अहिलेसम्म समाजमा सकारात्मक भुमिका खेल्दै अाएकाे यसलाई अागामि दिनमा प्रदेश नम्बर ४ कै नमुना पुस्तकालय बनाउन अाफुहरूले भुमिका खेल्ने प्रतिबद्धता ब्यक्त गरे ।

तत्कालीन राणा शासनको समयमा बागलुङका शिक्षा प्रेमिहरूले खाेलेकाे पुस्तकालय अहिले बिधुतिय पुस्तकालयमा परिणत भैसकेको अब यसलाई संसारकाे जुनसुकै कुनामा बसेर पनि हेर्न सकिने बनाउन अाफुहरू लागि रहेको बिद्यामन्दिर पुस्तकालय बागलुङका अध्यक्ष राजेशचन्द्र राजभण्डारीले बताए ।

कार्यक्रममा पुस्तकालयका सल्लाहकार शैलेन्द्र कुमार श्रेष्ठ सल्लाहकार प्रेम छाेटा बागलुङ नगरपालिकाका याेजना तथा प्रशासकिय अधिकृत युक्त प्रसाद सुबेदीले सामुदायिक पुस्तकालय मध्य बिद्यामन्दिर पुस्तकालयकाे अाफ्नै पहिचान भएको हुदा यसलाई प्रदेश नम्बर ४ कै नमुना पुस्तकालय बनाउन सबैले सकारात्मक भुमिका खेल्न जरुरी भएको बताए ।

बागलुङ जिल्ला क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद सुर्य पाठक र प्रदेश सभाका सांसद ईन्द्रलाल सापकोटालाई पुस्तकालयका अध्यक्ष राजभण्डारीले खादा अबिर र फूल बाट स्वागत गरेका थिए ।

पुस्तकालयका अध्यक्ष राजेशचन्द्र राजभण्डारीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे संचालन उपाध्यक्ष रामप्रसाद शर्माले गरेका थिए ।