बागलुङ महाेत्सबले खाेजेकाे बागलुङ

राजेशचन्द्र राजभण्डारी बागलुङ ।।।।
कला संस्कृतिकाे संरक्षण कृषि पर्यटन उद्योग तथा ब्यापारकाे प्रबर्द्धन प्रदेश नम्बर ४ स्तरीय कृषि पर्यटन अाैधाेगिक ब्यापार मेला भन्ने मुल नाराका साथ बागलुङ महाेत्सब २०७४ बागलुङ उद्योग बाणिज्य संघको अायाेजनामा पुस १४ गते देखि २३ गतेसम्म बागलुङ सदरमुकाममा हुन गैरहेकाे छ ।

लेखक : राजेश चन्द्र राजभण्डारी

अहिलेसम्म चुनावी चताराेमा रहेको देशमा चुनावी नतिजा अाएपछि भने माैसम चिसो भए पनि बागलुङ महाेत्सबले गर्दा यतिबेला बागलुङ तातिरहेको महसुस सबैले गरिरहेका छन्  ।यसपटक फरक ढंगले बागलुङ महाेत्सब गर्ने तयारी मुल अायाेजक बागलुङ उद्योग बाणिज्य संघले गरेको छ ।करिब ४ बर्षकाे अन्तराल पछि हुदै गरेको यसपटकको महाेत्सब सधै सधैं झै बागलुङको चैते दशै मेलाको अबसरमा नभएर फरक समय पुस महिनामा भब्य र सब्य रूपमा सम्पन्न गर्ने नयाँ जाेश र जागरका साथ विभिन्न समिति र उप समिति बनाएर कामकाे जिम्मेवारी समेत बाड्ने काम मात्रै भएको छैन त्यो अनुसार काम समेत अगाडि बढी सकेको छ ।

बागलुङ सुनसान हुन थाल्यो बागलुङ बजारमा ब्यापार ब्यबसाय कम हुन थाल्यो यहाँका ब्यबसायी बिस्थापित हुन थालेको कुरालाई समेत अहिले पुसमा अायाेजना गरेको महाेत्सबले केही हदसम्म भएपनि सम्बाेधन गर्ने देखिन्छ ।स्थानीय तहकाे निर्माण पछि अहिले गाउँबाट सदरमुकाममा अाएर बसाेबास गर्ने ब्यापारी ब्यबसायीहरू केही गाउँ फर्किन लागेको समयमा बागलुङ उद्योग बाणिज्य संघले बागलुङ महाेत्सब गरेर करोडौंकाे ब्यापारीक ब्यबसायीक काराेबार गर्ने लक्ष राखेको बागलुङ महाेत्स  मुल अायाेजक समितिका संयाेजक जयराम भारीकाे भनाइ बाट पनि के कुरा बुझ्न सकिन्छ भने अहिले साच्चै बागलुङका ब्यापारी ब्यबसायी र उद्भमीहरूकाे बिषयमा बागलुङ उद्योग बाणिज्यकाे नेतृत्व भने अहिले चिन्तित रहेको देखिन्छ ।साच्चै भन्ने हाे चिन्ता सबैले गरेको देखिन्छ तर चिन्तन गर्नेहरू भने निकै कम नै देखिन्छ प्रमुख कुरा चिन्तन नै हाे अहिले ढिलैगरि भए पनि जुन जनमत बागलुङमा देखिदैछ यसलाई निरन्तरता दिन जरुरी छ ।

बागलुङ महाेत्सब नभए पनि बागलुङमा चिन्ता गरिन्छ यदि भयो भने पनि बागलुङ बजारमा भएन टाढा भयो त्यसकारण बजारलाई फाइदा भएन भन्ने धेरै गुनासो बजारमा सुनिन्थ्थाे अहिले साे समस्या लाई पनि हल गर्न बागलुङ सदरमुकामकाे केन्द्र धाैलागिरि बहुमुखी क्याम्पसकाे प्राङ्गणमा गर्ने सहमति क्याम्पस परिवार र बागलुङ उद्योग बाणिज्य संघ बिच सहमति भयो यसलाई सकारात्मक रूपमा लिन जरुरी छ ।

अहिले चिसिदै गएको माैसम र निराश हुदै गएका बागलुङबासि लाई यसपटकको महाेत्सबले नयाँ उर्जा अबश्य थप्ने देखिन्छ ।सबै बागलुङ बासिन्दा सकारात्मक बनाै सबैले बागलुङ लाई राम्रो बनाउने कुरामा चिन्तन गराै हामीले एकपटक छिमेकी जिल्ला पर्बत म्याग्दी लाई हेराै हामी भन्दा पछि अाएका ब्यापारी ब्यबसायीले किन धेरै बिकास गर्न सफल भए हामी किन पछाडि पर्न गयौं यसको समिक्षा गर्न जरुरी छ ।

बागलुङ उद्योग बाणिज्य संघको काम भनेकाे ब्यबसायीलाई हाैसला दिने हाे नयाँ याेजना ल्याएर लगानी गर्ने बाताबरण बनाउने हाे तर सबैले बागलुङ उद्योग बाणिज्य संघलाई साथ र समर्थन गर्न जरुरी छ ।अहिले पुसमा महाेत्सब गर्ने बागलुङबासी लाई अबसर पनि हाे नयाँ चुनाैती पनि हाे साच्चै भन्ने हाे भने चुनाैती संग सामना गर्नेले नै सफलता हासिल गर्छ अहिले बागलुङ उद्योग बाणिज्य संघकाे नेतृत्व  ले बागलुङ जिल्लामा पहिलोपटक पुस महिनाकाे ठण्डी समयमा बागलुङमा नयाँ महाैल बनाउने अभियानमा समेत रहेको देखिन्छ यसलाई जसरी पनि सफल बनाउने सम्पन्न गर्ने बागलुङ उद्योग बाणिज्य संघलाई सबैले साथ  समर्थन गर्न जरुरी छ ।

महाेत्सबमा धेरै भन्दा धेरै अान्तरिक पर्यटन भित्र्याउने स्थानीय कला संस्कृतिकाे संरक्षण गर्ने ब्यापार ब्यबसाय गर्ने नै हाे साच्चै बागलुङमा पनि सबै कुरा छ है भनेर देश भरी सन्देश दिने बागलुङ महाेत्सबमा बढी भन्दा बढी पर्यटन भित्र्याउनु नै प्रमुख उदेश्य हाे भन्ने कुरामा कसैको दुई मत हुने छैन ।

बागलुङ उद्योग बाणिज्य संघले अहिले बागलुङ लाई प्रदेश नम्बर ४ मै पहिचान गराउने प्रमुख उदेश्य साथ यसपटकको बागलुङ महाेत्सबले महत्त्वपूर्ण भुमिका खेल्ने अपेक्षा राखीएकाे छ ।प्रशिद्द शक्तिपीठ कालिका भगवती मन्दिर सर्बसिद्दिधाम पन्चकाेट नेपालकै एकमात्र सिकार अारक्ष ढाेरपाटन सिकार अारक्ष पश्चिम क्षेत्र कै अग्लो पहाड घुम्टेकाे लेक नेपाली हाते कागज बुट्टे नली लाई अझै स्थापित गर्नका लागि सबैकाे भुमिका प्रभावकारी हुन जरुरी छ अहिले लामाे समयकाे अन्तरराल पछि हुन गैरहेकाे बागलुङ महाेत्सब अबश्य पनि बागलुङको पहिचान हाे यसलाई हामी सबै बागलुङबासीकाे महाेत्सब बनाउनकाे लागि जिल्लामा भएका सरकारी गैरसरकारी सामाजिक संघसंस्था राजनीतिदल स्थानीय निकाय  संचार माध्यम नागरिक समाज ब्यापारी ब्यबसायी सहकारी बैक तथा बित्तिय संस्थाले अहिले जुन एकेबद्दता जाहेर गरेकाछन् यसलाई सकारात्मक सहयोगमान्नुपर्छ ।

अाैधाेगिक उत्पादन सेवाहरूकाे प्रदर्शन कृषि मेला घरेलुु बन पैदावर जडिबुटी लघु उद्धमीद्दारा उत्पादीत बस्तुहरूकाे प्रदर्शन यसपटकको महाेत्सबकाे थप अाकर्षक केन्द्र हाे अब बागलुङ बासि सबैले यसपटक हुने बागलुङ महाेत्सब लाई हाम्रो महाेत्सब राम्रो महाेत्सब बनाउन अाअाफ्नाे ठाउँ बाट भुमिका खेल्न जरुरी  छ ।

अहिले सङघियताले केही ब्यापार ब्यबसायमा प्रभाव परेपनि बागलुङ लाई साच्चै कै ब्यबसायी केन्द्र बनाउने अभियानकाे नेतृत्व अब बागलुङको साझा ब्यबसायीक संस्था बागलुङ उद्योग बाणिज्य संघले खेल्ने कुरामा ढुक्क भए हुन्छ ।

अहिले निर्वाचन बाट निर्वाचित भएका ६ जना जनप्रतिनिधिले समेत बागलुङको समग्र बिकासकाे लागि अाफुहरू सबै संग मिलेर अगाडि बढ्न तयार रहेको अभिब्यक्ती बाट पनि अब बागलुङ नयाँ ढंगले अगाडि बढ्ने अबको ५ बर्षमा बिकास र ब्यबसायले फड्को मार्नेमा बिश्वास गर्न सकिन्छ ।