सिपालु भएर होलान् : अर्याल

नजर त्यही छ रुप सजाउन सिपालु भएर होलान्
कोहि कोहि यादमा हराउन सिपालु भएर होलान्

जागिर सरकारी थियो बनाउनेले छिट्टै महल बनाए
भ्रस्टाचार गरेर धन कमाउन सिपालु भएर होलान्

आफ्नै तस्कर, आफ्नै प्रहरी अनि आफ्नै सरकार छ
नेतालाई उच्च पदमा पठाउन सिपालु भएर होलान्

गरिब जनताको पसिना चुस्न मन्त्री अझै थपिरहेछन्
देउवा ज्यु सरकारलाई टिकाउन सिपालु भएर होलान्

अपराधीहरुलाई पनि पार्टिले टिकट बाडिरहेको छ
सायद उनिहरु तरवार चलाउन सिपालु भएर होलान्

हरिशरण अर्याल 
सिद्धलेक गाउँपालिका-२
धादिङ