“जनता भने पछि-पछि लागिरहन्छन् यहाँ”

नेताहरु बिकासको नारा बाँडीरहन्छन् यहाँ
जनता भने पछि पछि लागिरहन्छन् यहाँ

म विकास प्रेमि नेता हुँ भन्दै भाषण दिँदै गर्दा
हो सुन्नको लागि चौतारी ढाकिरहन्छन् यहाँ

चुनाव सके पछि गाउँ नफर्किने हरु पनि
चोक चोक कठै भोट मागिरहन्छन् यहाँ

अरे गरिब जनताको समय बर्बाद गरिकन
होइन बिना काम किन भाँडिरहन्छन् यहाँ

देशको युबा शक्तिलाई खाडि पुर्याएर हजुर
सिँह दरबारमा भाषण हाँकिरहन्छन् यहाँ


राममाया वाईबा 
थाहा नगरपालिका, मकवानपुर
– लेखक धादिङको रेडियो राजमार्ग ९२.१ मेगाहर्जमा साहित्य सम्बन्धि कार्यक्रम चलाउँछिन् ।