अपाङ्गतायुक्तका लागि मतदाता शिक्षा नभएको गुनासो

काठमाडाैँ, ११ मंसिर।
अपाङ्गतायुक्तले आफ्नो वर्र्गका लागि लक्षित छुट्टै मतदाता शिक्षा कार्यक्रम नभएको गुनासो गरेका छन् ।

निर्वाचन आयोगको सहयोगमा इआइसिटी र ‘हाम्राकुरा डटकम’ले संयुक्त रुपमा गरेको ‘मतदाता शिक्षासम्बन्धी निर्वाचन बहस’ कार्यक्रममा सहभागी अपाङ्ग अगुवा तथा अधिकारकर्मीले अरु वर्ग तथा समुदायभन्दा आफूहरू भिन्न अवस्थाका भएकाले आफूहरूका लागि छुट्टै कार्यक्रम हुनुपर्ने माग गर्नुभयो ।

राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्ष सुदर्शन सुवेदी र लोकतान्त्रिक अपाङ्ग संघका अध्यक्ष भोजराज श्रेष्ठले मतदाता शिक्षा अपाङ्गगयुक्तहरूलाई केन्द्रित नगरिएको र मतदान केन्द्रमा अपाङ्गयुक्तलाई मतदान गर्न छिटो व्यवस्था भए पनि घरबाट मतदान केन्द्रसम्म पु¥याउने व्यवस्था गर्न भने कम ध्यान दिइएको टिप्पणी गर्नुभयो ।

राष्ट्रिय अपाङ्ग कोषका सभापति गोपालबहादुर भण्डारीले अपाङ्गतायुक्तलाई सामाजिक सुरक्षा सेवा र राहत मात्रै दिए पुग्छ भन्ने मानसिकता रहेको बताउनुभयो ।

साहित्यकार विजय बजिमयले अपाङ्गतायुक्तलाई उम्मेदवार बनाउन दलहरूले अझै पनि कन्जुस्याइँ गरिरहेको टिप्पणी गर्नुभयो । राष्ट्रिय अपाङ्ग महासंघका उपाध्यक्ष टीका दाहालले अपाङ्गतायुक्तलाई लाममा बस्नु नपर्ने वा छुट्टै लामको व्यवस्था भएको सूचना मतदान केन्द्रमा पर्याप्त रुपमा नटाँसिएको तर्फ ध्यानाकर्षण गराउनुभयो । रासस