आजदेखि १६ दिने अभियान सुरु

काठमाडौँ, ९ मंसिर ।
लैगिंक हिंसा अन्त्यका लागि सबै जुटौँ कोही नछुटौँ भन्ने नाराका साथ महिला हिंसा विरुद्धको १६ दिने अभियान आजदेखि सुरु भएको छ । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म चल्ने अभियानमा महिला, बालिबालिका तथा समाजकल्याण मन्त्रालयसहित विभिन्न गैरसरकारी संस्थाको सहभागितामा चेतनामुलक कार्यक्रम हुने गरेका छन् ।

महिला माथि हुने हिंसा मानवअधिकार हननको सवाल हो भन्ने मान्यतालाई स्थापित गर्दै सोही अनुरुपकार्य गर्न देश तथा सयुक्त राष्ट्रसंघिय निकायहरुलाई आव्हान गर्ने उदेश्यले यो अभियान अन्तर्गत १६ दिनसम्म समुदाय देखि सबै तहसम्म विभिन्न कार्यक्रम गर्ने गरेका हुन् । महिला हिंसा विरुद्धका कार्यक्रम भैरहे पनि हिंसाका घटना भने रोकिएको छैन । महिला आफ्नै अभिभावक, श्रीमान र समाजबाट पीडित हुने गरेका घटना सार्वजनिक भैरहेका छन् । तर पछिल्ला वर्षहरुमा हिंसा सहनु हुँदैन भन्ने चेतना बढेको र सञ्चारमाध्यमले पनि महिला हिंसाका घटनालाई बाहिर ल्याउन प्राथमिकता दिने गरेकाले संख्या बढेको देखिएको महिला अधिकारकर्मीहरुको भनाई छ ।