विद्युतीय पुस्तकालय सञ्चालन

रत्ननगर , ७ मंसिर ।
पूर्वी चितवनको राप्ती नगरपालिका– ७ स्थित शिरकोट विद्यालयमा विद्युतीय पुस्तकालय सञ्चालन गरिएको छ ।

आयरल्याण्डमा रहेका नेपाली तथा जिल्ला शिक्षा कार्यालय चितवनको आर्थिक सहयोगमा सो विद्यालयमा विद्युतीय पुस्तकालय स्थापना गरिएको हो ।

चन्दादाताबाट तीन लाख ४८ हजार रुपैँया, जिल्ला शिक्षा कार्यालयबाट दुई लाख ४० हजार रुपैँया तथा आयरल्याण्डका नेपाली र अन्य विभिन्न क्षेत्रबाट प्राप्त सहयोगले पुस्तकालय स्थापना गरिएको विद्यालयका प्रधानाध्यापक उमाकान्त भट्टराईले जानकारी दिएका छन् ।

विद्युतीय पुस्तकालयमा १५ वटा कम्प्युटर राखिएका छन् । पुस्तकालय स्थापनाको लागि पूर्वी चितवनको वीरेन्द्रनगर घर भएका नेपाल आयरल्याण्ड समाजका महासचिव गंगाराम कँडेलको पहलमा आर्थिक संकलन गरिएको थियो ।

नेपाल आयरल्याण्ड समाजले १५ जना गरिब असहाय तथा जेहेन्दार विद्यार्थीलाई एक वर्षका लागि चाहिने छात्रवृत्तिसमेत वितरण गरेको चेपाङ संरक्षण केन्द्रका केपीकिरण शर्माले जानकारी दिएका छन् ।