अपार्टमेन्टमा आगलागी हुँदा नौको मृत्यु

ताइवान, ७ मंसिर ।
उत्तरी ताइवानको ताइपेई शहरमा रहेको एक अपार्टमेन्टमा बुधबार आगलागीमा परी कम्तीमा पनि नौजनाको ज्यान गएको समाचार छ ।

यस आगलागीमा परी नौजना व्यक्तिको मृत्यु हुनुका साथै अन्य दुईजना सामान्यरुपमा घाइते भएका स्थानीय प्रहरी स्रोतले जानकारी दिएका छन् । नौतले उक्त आवासीय भवनको चौथो तलामा आगो लागेको बताएका छन् । यसको कारणबारेमा प्रहरीले खोजी शुरु गरेको बताएका छन् । ताइपेई शहरको जोङ्गहे जिल्लामा रहेको सो भवनमा स्थानीय समयानुसार बुधबार राति ८ बजेबाट आगलागी शुरु भएको थियो ।

यस अपार्टमेन्टमा प्रायः विदेशी कामदारहरुको बसोबास रहँदै आएको जनाएका छन् । सो अपार्टमेन्टमा बस्दै आएका एक ४९ वर्षीय विदेशीलाई आगलागी गराएको आशंकामा पक्राउ गरिएको प्रहरीले जानकारी दिएका छन् ।