मजदुर अान्दोलन र नेपाली मजदुर

मजदुर अान्दोलन बारे नेपालमा धेरै बहस पैरवी छलफल भए पनि अहिलेसम्म नेपालमा रहेका वास्तविक मजदुरकाे भने हित हुनसकेकाे देखिदैन  ।
हुन त यहाँ सबै राजनीति पार्टीले अाफुलाई सच्चा मजदुरकाे हिमायती भनेर ठूलो स्वरमा कुरा गरेको देखिन्छ तर ब्यबहारिक रूपमा भने त्यस्तो हुन सकेकाे देखिदैन । नेपालका बामपंथी राजनीति गर्ने कम्युनिस्ट पार्टीको नारा बिश्वकाे मजदुर एकजुट हा‌ै भन्ने छ तर त्यो नारा मजदुर दिबस मे १ दिनकाे दिनमात्र बढी सुनिने गरिन्छ तर ब्यबहारमा भने नेपालका मजदुर राजनीति रूपमा बिभाजित छन् अहिले त केही बर्ष देखि त मजदुरहरू राजनीति पार्टीको नेताकाे गुट अनुसार बिभाजन भएको कुरा छरपस्ट हुदै अाएकाे छ ।

लेखक : राजेश चन्द्र राजभण्डारी

साच्चै मजदुर अहिले मजदुर जस्तो हुनुपर्ने हाे तर त्यस्तो हुन सकेकाे  देखिदैन कारण चाहिने भन्दा बढी राजनीति नै हाे हामीले जुन उद्योग धन्दामा काम गर्छाै त्यसलाई कसरी राम्रो बनाउने बढी मुनाफा दिने बनाउने भन्नेमा मजदुरकाे ध्यानाकर्षण हुनुपर्ने हाे तर त्यो भने छैन जुन मजदुर नेता बन्यो उसले अाफ्नाे ब्यक्तिगत स्वार्थकाे लागी जेजस्तो पनि गर्ने कारणले न त मजदुरलाई हित भएको छ न त नेपालका उद्योग धन्दा कलकारखाना नै राम्रो बन्न सकेको छ ।हामीले खाली नारा मात्रै ठूलो बनाएर  पुग्दैन प्रमुख कुरा व्यवहार हाे अहिले हाम्रो मजदुरकाे नेताकाे रवाफ हेर्ने हाे भने साच्चै एउटा श्रमजीवी बर्गकाे जस्तो नभएर एकजना सामन्तीकाे जस्तो बन्दै गैरहेकाे देखिन्छ ।

अहिले हामीले मजदुर मजदुर भनेर मात्रै नारा लगाउदै हिड्ने गर्छाै तर साच्चिकै मजदुर भनेकाे के हाे यसको काम कर्तव्य के हाे अधिकार के हाे यसले गर्ने काम के हाे त्यो पनि बुझ्न जरुरी छ ।अहिले कुनै उद्योगमा हेर्न जाने हाे भने त्यहाँ अहिले काम गर्ने मजदुर भन्दा पनि बढी मजदुर संगठन छन् अनि नेताकाे त कुरा नै नगराै फालाफाल छन् राजनीति दल अनुसारकाे संगठन गुटबन्दी अनुसारका मजदुर नेता भए पछि किन चाहियो सधैं याे वा त्यो नाममा बन्द हडताल भएको खबरले बजार लिने गरेको छ तर पनि वास्तविक मजदुर भने यो वा त्यो नाममा पिल्सिएकाे नै छन्  भन्दा कसैको पनि बिमती हुदैन ।

हामीले बिश्वमा भएको मजदुर अान्दोलन काे कुरा गर्छाै त्यहाँ भएको परिवर्तनको कुरा गर्छाैं तर हामी अाफुमा कहिले परिवर्तन ल्याउन सक्दैनौं अनि खाली काेरा सिद्धान्तकाे कुरा गरेर कसरी हामीले नेपाली मजदुरकाे माग कसरी  पुरा गर्न सक्छौ अहिले साेच्नु पर्ने बिषय हाे तर यसतर्फ हाम्रो ध्यान छैन ।अहिले नेपालकाे मजदुर अान्दोलन कुहिराेकाे काग जस्तो भएको छ  न त बाहिर निस्कन सक्ने न त माथि उड्न सक्ने त्यसैमा अलमल्ल परेकाे देखिन्छ ।

नेपालमा पंचायकाल देखि बहुदलीय ब्यबस्था हुदै अहिले सङघिय गणतन्त्र सम्म अाइपुग्दा पनि नेपाली मजदुर अहिलेसम्म संस्थागत हुन सकेको देखिदैन २०६२/६३ काे जन अान्दोलन १० बर्ष सम्म भएको माअाेबादी जनयुद्धको कारण ले देशमा केही परिवर्तन नभएको भने हैन हामी मजदुरमा कुनै परिवर्तन भने अाउन नसकेको भने अबश्य हाे ।अहिले नेपालमा भएको कलकारखाना उद्योग धन्दामा नेपाली श्रमजीवी मजदुरले भन्दा बिदेशी मजदुरले काम पाउने तर हाम्रो नेपाली युवा जनशक्ति भने काम काे खाेजीमा प्रत्येक दिन १५ सय बिदेशीनु बाध्य छन किन भन्दा यहाँ राेजगारी नभएको हुनाले यहाँ उद्योग कलकारखाना कम भएको हुनाले हाे हामीले धेरै राजनीति मात्रै गर्ने कारणले पनि हामी पछि परेका हाै ।

अहिले नेपालकाे संबिधानले समाजबाद सम्म जाने भनेर भन्दै गरेको समयमा अहिले एमाले माअाेबादी केन्द्रले समाजबादमा जाने नेपाली जनताको जीवन स्तर माथि उकास्ने प्रतिब्यक्ति अाय ५ हजार अमेरिकी डलर पुर्‍याउने घाेषणापत्र सार्वजनिक गरेको छ अब मजदुरकाे काम झन बढेर जाने निश्चित छ ।यहाँ कलकारखाना धेरै भन्दा धेरै खुलाउन जरुरी छ हजारौं हैन लाखौं युवा जनशक्तिले स्वदेश मै राेजगारी पाउने बाताबरण बनाउने काम राजनीति दलकाे हाे भने त्यसलाई सहयोग गरि अगाडि बढ्ने दायित्व मजदुरकाे हाे । यहाँका उद्योगपतिलाई हामीले बिश्वास दिलाउन अाबश्यक छ यहाँ अब देखि बन्द हडताल हुदैन कुनै पनि बहानामा उद्योगलाई अाघात पार्ने काम हुने छ‌ैन भन्ने बिश्वास दिलाउने मात्रै ह‌ैन सबै मजदुर संगठनले प्रतिबद्धता जाहेर गर्न सक्यौं भने यहाँ भाेलि सयौं कलकारखाना खुल्ने बाताबरण बन्नेछ अनि काम यहिकाे मजदुरले पाउने हाे ।

अब देखि हामीले हाम्रो अानि बानि मा पनि परिवर्तन गरि मजदुरकाे हकहितका लागि मात्रै राजनीति गर्न सक्यौं भने मात्रै ठिक हुने देखिन्छ  ।

साच्चै यहाँको उद्योग फस्टाउन सक्यो भने मात्र हामीले सेवा सुबिधा बढी पाउने हाे भन्ने कुरालाई मनन गर्न जरुरी छ ।  हामीले पनि गल्ती लाई सच्याउदै  सकारात्मक कामलाई अात्मसाथ गरि अगाडिको बढ्न जरुरी छ मजदुर अान्दोलन भनेकाे के हाे बिदेशमा किन बिकास भयो त्याे कुरा  मनन गर्न सके पुग्छ । मजदुर अान्दोलन सफल हुन्छ  ।