पिएसजीले हान्यो चार गोल

एजेन्सी, ३ मंसिर ।
पिएसीले नान्टेसलाई ४-१ गोलले पराजित गरेको छ । निकै उत्कृष्ट खेल प्रदर्शन गर्दै आइरहेको पिएसजीका लागि काभानीले खेलको ३८ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।

एन्जेल डि मारियाले ४२ औं मिनेटमा अग्रता दोब्बर बनाएका थिए ।
तर पिएसजीलाई चुनाती दिएको नान्टेसका लागि प्रिजुस नाकुल्माले खेलको ६० औं मिनेटमा गोल गरे र खेलमा फर्किने सम्भावना जिवितै रहेको बताए । जाभियर पास्टोरे र काभानीले एकएक गोल गरे र जित सुनिश्चित गरे । यो जितसँगै पिएसजीको ३५ अंक रहेको छ ।